मेलम्चीको पानी राजधानीमा ल्याउन अधुरो नै रहने भयो खानेपानीमन्त्री बिना मगरको ,हेर्नुहोस!
एक वर्षअघि ९७ प्रतिशत काम सकिएको भन्दै प्रचार गराइएको बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी राजधानी ल्याउन अझै कम्तीमा ६ महिना लाग्नेदेखिएको छ ।खानेपानी मन्त्रालयको काम नगर्ने, प्रचारवाजी मात्रै गर्ने गलत शैली र डिजाइन भन्दा फरक सुरुङको ढोका निर्माण गरेपछि समय झनैपर धकेलिएको हो ।आयोजनाका अनुसार गत असारको अन्तिम साता पानी परीक्षणका क्रममा भत्किएको सुरुङको ढोका मर्मत र जडान गर्न कम्तीमा फागुनसम्म लाग्ने देखिएको छ।
त्यसपछि पुनः परीक्षण सकेर पनि सुरुङको प्राविधिक प्रक्रिया पूरा गर्न थप समय लाग्ने आयोजनाका प्रवक्ता तथा उपकार्यकारी निर्देशक कमलराज श्रेष्ठ बताउनु हुन्छ ।
प्रवक्ता श्रेष्ठका अनुसार कात्तिकसम्ममा ढोकाको काम सकेर मंसिरमा परीक्षण सुरु गर्न सकिने अनुमान गरिएको छ । आयोजनाले दिएको ।
जानकारीअनुसार परीक्षण सुरु गरेपछि पनि कम्तीमा २ महिनापछि मात्र पानीको सप्लाइ गर्न सकिने छ भने सुरुङमा पानी भरिन दुई साताभन्दा बढी लाग्छ ।
भरिएको पानी फेरि सुकाएर सुरुङ खाली गर्नुपर्छ । खाली सुरुङको अवस्था प्राविधिक विशेषज्ञहरूले जाँच गरेपछि मात्र पानी सप्लाइ गर्न सकिने छ ।
दसैंअगावै राजधानीमा पानी ल्याउने योजनाअनुसार असारमा आयोजनाले सुरुङमा पानी परीक्षण गर्ने क्रममा मुहान नजिकैको ढोका भत्केको थियो ।ढोकाको निर्माण, डिजाइन र जडान भारतीय कम्पनी प्रेसिजन इन्फ्राटेक लिमिटेडले गरेको थियो । खानेपानी मन्त्रालयले गठन गरेको छानबिन समितिले चारैवटै ढोकाको डिजाइन र जडान फेर्न सुझाव दिएको छ ।
त्यहीअनुसार अहिले काम भइरहेको छ । ढोका बाहिर खुल्ने बनाउनु नै सबैभन्दा ठूलो त्रुटि भएको मन्त्रालयको भनाइ छ । भित्र खुल्ने गरी ढोका डिजाइन गरेर जडान गर्न ।निर्देशन दिए पनि कम्पनीले तोकिएको समयमा काम पूरा गर्ने सम्भावना कम रहेको छ ।सुरुङमा भएको दुर्घटनामा एक जना इन्जिनियरको मृत्यु भएको थियो ।
भने चालक एक जना अझै फेला परेका छैनन। घाइते दुई जना भने निको भएका छन् । टेस्ट’ गर्दागर्दैको अवस्थामा ढोकाको एक भाग पूरै खुलेपछि निर्माण पूरा हुनै लागेको मेलम्चीको डिजाइन र गुणस्तरमाथि प्रश्न उठेको हो ।पुनः डिजाइन र जडान गर्नुपर्नेमध्ये अम्बाथान र ग्याल्थुम अडिटको ढोका जडान गरिसकिएको छ । अब सिन्धु र सुन्दरीजलको ढोका बन्न बाँकी रहेको छ ।
स्वीकृत डिजाइन भन्दा फरक ढोका बनाइएकोले सो दुर्घटना भएको थियो । सोही कारण खानेपानीमन्त्री बिना मगर पदमा रहँदासम्म मेलम्चीको पानी राजधानीमा नआउने अवस्था देखिएको हो ।सत्तारुढ नेकपाले मन्त्रिपरिषद पुनर्गठन गर्ने निर्णय गरिसकेको छ । यस्तो अवस्थामा मन्त्री मगर कामको आधारमा हटने सूचीमा रहनुभएको छ ।
बुहारीलाई कायम राखेर अरु मन्त्री हटाउन नमिल्ने बाध्यताका कारण अध्यक्ष प्रचण्ड पनि यस पटक जसरी पनि बुहारीको थमौतीमा नलाग्ने ।नेकपाका नेताहरुको भनाईले अवको पुनर्गठनमा खानेपानी मन्त्री मगर रेडजोनमा पर्नुभएको छ ।जस्को कारण मेलम्चीको पानी आफ्नो पालामा ल्याउने मगरको सपना अधुरै रहने भएको हो ।कास्की खबरबाट