समाचार
घरबेटीले कोठामा छिर्न नदिएपछि प्लाष्टिक ओढेर पिसिआर परीक्षण गर्न लाइनमा
काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल परिसरमा घण्टौंसम्म मानिसहरू उभिएका छन्।
बिहीबार दिउँसो झरी परिरहेका बेला पनि उनीहरू छाता, प्लाष्टिक ओढेर झरीमा उभिइरहे। कोरोना परीक्षणका लागि उनीहरू घण्टौंदेखि लाइनमा उभिइरहेका छन्।
टेकुमा भीड बढेपछि सरकारले काठमाडौं उपत्यकाभित्र १० ठाउँमा कोरोना परीक्षण गर्ने तयारी गरे पनि भीड घटेको छैन।नि:शुल्क कोरोना परीक्षण गर्न पाइने गरी १० ठाउँमा व्यवस्थापन गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।
टेकुमा मानिसहरू रातिदेखि नै आएर लाइन लाग्ने गर्छन्। प्राय: कोरोना परीक्षण गराउनेको संख्या धेरै छ।