समाचार

१९ वर्षीया युवतीलाई ब’लात्कार गरेको कसूरमा जिल्ला अदालत चितवनले आठ वर्ष कैद स’जायको फैसला….,

एक १९ वर्षीया युवतीलाई ब’लात्कार गरेको कसूरमा जिल्ला अदालत चितवनले आठ वर्ष कैद स’जायको फैसला गरेको छ । आरोपित भरतपुर महानगरपालिका –११ का १९ वर्षीय कविन परियारलाई न्यायाधीश केशव अधिकारीको इजलासले सो फैसला गरेको हो ।

धादिङ जिल्ला नीलकण्ठ गाउँपालिका –५ घर भई नवलपुर, गैँडाकोट आफन्तकहाँ जाने क्रममा अटो रिक्सा चढाई चालक परियारले भरतपुर –१२ स्थित जंगलमा लगी ब’लात्कार गरेको भन्दै पी’डितले गत मंसिर २ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजूरी दिएकी थिइन् । उजूरीलगत्तै आ’रोपित परियारलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

यस्तै ३० वर्षीया महिलालाई ब’लात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालतले भरतपुर महानगरपालिका– ९ शरदपुर घर भएका ३३ वर्षीय दीपक सापकोटालाई चार वर्ष कैद स’जायको फैसला सुनाएको छ ।

स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका –१२ घर भएकी महिलालाई गत जेठ २३ गते शरदपुर घर भएका सापकोटाले आफ्नै घरको कोठामा ब’लात्कार प्रयास गरेको आरोप लागेको थियो ।

source: sajha page

Related Articles

Back to top button