समाचार
नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कोरोना लाई जिते
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कोरोना संक्रमण जितेका छन् । कोइरालालाई गत भदौ २३ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमित कोइरालालाई ज्वरो बढेपछि भदौ ३० गते राति चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको थियो। चार दिन अस्पतालको आइसोलेसनमा बसेर महामन्त्री कोइरालाको स्वास्थ्यमा सुधार आएपछि शनिबार अपरान्ह डिस्चार्ज भएका थिए ।
ललितपुरस्थित स्टार अस्पातालमा गरिएको पिसिआर परीक्षणमा डा कोइरालाको रिपोर्ट नेगेटिभ आएको हो । संक्रमण पुष्टि भएको १६ दिनपछि उनी कोरोना मुक्त भएको हुन् ।
source: sajha page