डा गोबिन्द गोबिन्द केसीलाई यसरी एम्बुलेन्सवाट थुतेर वीर अस्पताल लगियो (भिडियो हेर्नुस्)
काठमाडौं । जुम्लामा अनसन बस्न पुगेका डा गोबिन्द केसीलाई काठमाडौ ल्याइएको छ । जुम्लामा अनसन बस्दा स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना गरिएका डा केसी नेपालगंज आएका थिए । मंगलवार उनी नेपालगंजबाट बुद्ध एयर हुँदै काठमाडौं आइपुगेका थिए । काठमाडौमा शिक्षण अस्पतालमा अनसन बस्ने योजना बनाएका डा गोविन्द केसीलाई प्रहरीले ट्रमा सेन्टर लगेको छ।
जुम्लामा १९ औं अनशन थालेका डा केसी आज आफ्नै खर्चमा काठमाडौं आइपुगेका थिए । उनी महाराजगञ्जस्थित टिचिङ अस्पतालमा अनशन बस्ने योजनाका साथ काठमाडौं आएपनि उनलाई प्रहरीले एम्बुलेन्सवाट निकालेर ट्रमा सेन्टर लगेको छ । डा केसीलाई प्रहरीले एम्बुलेन्सवाट निकालेर अस्पताल लगेको भिडियो सार्वजनिक भएको छ । उनको इच्छा विपरित ट्रमा सेन्टर लगिएको हो ।
प्रहरीले उनलाई एरपोर्टबाटै बल प्रयोग गरेर ट्रमा सेन्टर लगेको देख्न सकिन्छ । ट्रमा पुगेपछि केसीले आफू एम्बुलेन्सबाट नओर्लने बताएका थिए। रुष्ट केसीले प्रहरीलाई आफ्नो इच्छा विपरित नगर्न समेत आग्रह गरेको भिडियोमा सुन्न सकिन्छ ।
ुम जान्न भनेको। यो प्रहरीको गुण्डागर्दी हो। तिमले भन्नु पर्दैन। म टिचिङ हस्पिटलको होइन ? मलाई थाहा छैन्, उनले सरकार विरुद्ध नारावाजी पनि गरेका थिए । प्रहरीले उनलाई कोरोनाका कारण ट्रमा लान खोजेको बताएको थियो। तर केसीले आफू चिकित्सक भएकाले कोरोनाबारे जानकार भएको जवाफ दिएका थिए।