समाचार

अफगानिस्तानमा पतिले आक्रमण गरी चक्कुले नाक काटिदिए

बीबीसी – दश हप्ताभन्दा लामो समयको पी’डापछि जार्काले आशाको एउटा किरण देखिन्। “म खुसी छु। मेरो नाक फेरि बन्यो…” उनको अनुहार फेरि राम्रो देखिने बनाउने शल्यक्रिया गरिएपछि उनले चिकित्सकहरूलाई भनिन्। हातमा बोकेको ऐनामा उनले टाँ’का र र’गतका टाटाले ढाकेको नाक देखिन्।

अफगानिस्तानमा महिलाविरुद्ध व्यापक रूपमा घरेलु हिं सा हुन्छ। संयुक्त राष्ट्रसङ्घले उद्धरण गरेको एउटा राष्ट्रिय सर्वेक्षणमा ८७% महिलाले कुनै न कुनै रूपमा शारीरिक, यौ निक वा मानसिक घरेलु हिं सा भोगेका हुन्छन्। पति वा परिवारका पुरुष सदस्यले कहिलेकाहीँ महिलामाथि ते जाब वा ह तियार प्र हार पनि गर्छन्। यो घटनामा पतिले जार्कालाई आ क्रमण गरी च क्कुले ना’क का’टिदिएका थिए।

“मेरा पति जसलाई पनि शङ्का गर्थे,” उनी भन्छिन्। आरोप र कु’टपि’ट त उनका लागि नित्यकर्मजस्तै भएको थियो। “उनले मलाई चरित्रहीन भएको आरोप लगाए। मैले त्यो असत्य हो भनेँ,” उनले भनिन्।

“मेरा पति जसलाई पनि शङ्का गर्थे,” उनी भन्छिन्। आरोप र कु’टपि’ट त उनका लागि नित्यकर्मजस्तै भएको थियो। “उनले मलाई चरित्रहीन भएको आरोप लगाए। मैले त्यो असत्य हो भनेँ,” उनले भनिन्।

डा. जाल्माइ खान अहमदजाईले निःशुल्क शल्यक्रिया र अन्य उपचार गरिदिए “शल्यक्रियाअघि म नराम्री देखिन्थेँ,” उनले भनिन्। उनको उपचारमा संलग्न चिकित्सकहरू पनि उनको अवस्थामा देखिएको सुधारप्रति खुसी छन्। “उनको शल्यक्रिया राम्रोसँग भयो। सङ्क्रमण पनि छैन…,” डा. जाल्माइ खान अहमदजाईले भने। काबुलबाट झन्डै २५० किलोमिटर दक्षिणमा पाकिस्तानसँगको सीमानजिकै एउटा दुर्गम स्थानमा जार्काको परिवार बस्छ। उनको परिवार धेरै गरिब छ। उनी निरक्षर छिन्।

उनको प्रान्तमा तालिबानको नियन्त्रण छ। स्थानीय नेता र ल’डाकुहरूले समन्वय भएपछि बल्ल उनी उपचार गर्न काबुल जान पाइन्। त्यो बेला डा. जाल्माइलाई कोरोनाभाइरस सङ्क्रमण भएको थियो। पत्नीको मृत्यु भएकाले ती ४९ वर्षीय चिकित्सक उनको अन्तिम संस्कार गरेर भर्खर काबुल फर्किएका थिए। “आउँदा उनको स्थिति नराम्रो थियो। उनको नाक नराम्ररी सङ्क्रमित थियो,” उनी भन्छन्।

‘अमेरिकाले धुइँपत्ताल खोज्थ्यो, तालिबान नेता ओमार अमेरिकी सैनिक इलाकानजिकै बस्थे’जुन १५ मा परीक्षण गरेर उनले केही औषधि दिए। पाँच हप्तापछि जार्का फेरि काबुल आइन्। उनको जुलाई २१ मा शल्यक्रिया भयो। जार्काले बीबीसीलाई फिल्माङ्कन गर्ने अनुमति दिइन् तथा आफूले भोगेको घरेलु हिं साबारे कुराकानी गरिन्।

उनका अनुसार पति पनि उनकै उमेरका छन् र अरूको बस्तुभाउ हेरेर जीविकोपार्जन गर्छन्।”बाल्यकालमै मेरा काकाले उनीसँग बिहेको कुरा पक्का गरिदिएका थिए। म निकै सानी थिएँ, मलाई जीवन र बिहेबारे केही थाहा थिएन।” “मलाई त्यति बेला म कति वर्षकी थिएँ भन्ने पनि थाहा छैन,” उनी भन्छिन्। उनलाई कसैले बिहे गर्ने कि नगर्ने भनेर सोधेको सम्झना पनि छैन।

वर्षौँपछि आफ्नो बिहे साटोमा भएको उनले थाहा पाइन्। आफ्ना पतिकी एक बहिनी उनका काकाले बिहे गरेका रहेछन्। जार्काका अनुसार उनका पतिले उनलाई सधैँ कु’टपि’ट गर्थे “मेरा काकाले बेहुलीका लागि पैसा तिर्न नसकेकाले मलाई दिएका रहेछन्,” उनी भन्छिन्।

अफगानिस्तानमा बेहुली पक्षलाई पैसा दिने चलन छ। अवैध भए पनि यो परम्परा अझै व्यापक छ। बिहेपछि आफ्ना पतिले उनका दिदीबहिनीलाई पनि पि’ट्ने गरेको उनले थाहा पाइन्। तर उनलाई कारण थाहा छैन। बिहे भएको एक वर्षमै उनका पति फेरि अर्को बिहे गर्न चाहन्थे। अफगानिस्तानमा बहुविवाह सामान्य मानिन्छ। तर बेहुली पक्षलाई दिन उनीसँग पर्याप्त पैसा थिएन। त्यो निराशा र आ’क्रोशको तारो जार्का बनिन्।

“उनी मलाई पि’ट्थे र म ज्यान जाने डरमा हुन्थेँ,” उनले भनिन्। गत मे महिनामा उनी भागेर माइत गइन् अनि पितालाई छुट्याइदिन आग्रह गरिन्। उनलाई खोज्दै पति आइपुगे।

जार्काको घाउ चाँडै निको भइरहेको चिकित्सकहरू बताउँछन् “एक रातपछि उनी ठूलो च क्कु बोकेर बिहानै मेरो माइती आइपुगे। मलाई फिर्ता गरिदिन उनले मेरा बुवालाई आग्रह गरे। बुवा र मेरा काकाका छोराले उनले जमानी नल्याएसम्म मलाई फिर्ता नपठाउने बताए।”

उनका पतिले मेरो सुरक्षाको प्रत्याभूति दिने जमानीहरू ल्याए। तर घर फर्किएपछि अवस्था बिग्रियो। “माइतबाट फर्किएपछि उनले मलाई फेरि कु’टे अनि च’क्कु लिएर हि’र्काए,” उनले भनिन्, “उनले मेरो नाक का’टिदि’ने ध’म्की दिएपछी म छिमेकीको घरतिर भागेँ।”

 

छिमेकीहरूले हस्तक्षेप गरे, तर त्यो क्षणिक मुक्ति थियो। “उनले मलाई माइत लगिदिन्छु भन्दै घरबाट निकाले,” उनी भन्छिन्। तर त्यो त उनको जाल रहेछ। उनलाई अर्को घरमा लगेर बगैँचामा लघारे। जार्काका अनुसार त्यति बेला उनका पतिले ब’न्दुक पनि बोकेका थिए।

“कहाँ भाग्छेस् भनेर उनले मलाई समाते,” जार्काले भनिन्, “त्यहाँ एउटा सानो बगैँचा थियो, अनि उनले खल्तीबाट च क्कु निकालेर मेरो नाक का’टि’दिए।” बिनाअनुमति माइत गएर आफ्नो बेइज्जती गरदिएकाले दण्ड दिएको उनको भनाइ थियो।

 

जार्कलाई र’गतको आहालमा छोडेर उनी गए। जार्काका पतिले उनलाई केही नगर्ने भन्दै माइतबाट फर्काएका थिए “एकदमै दु’खेको थियो र धेरै र’गत ब’गिरहेको थियो। मलाई सास फेर्न पनि गाह्रो भएको थियो,” जार्काले भनिन्।

 

Related Articles

Back to top button