समाचार

आज बुधबार यी ५ राशिको लागि अत्यन्तै शुभ छ !

२०७७ साल अधिक आश्विनशुक्लपक्ष असोज ७ गते बुधवार सप्तमी तिथि ज्योष्ठा नक्षत्र चन्द्रमा वृश्चिक राशिमा

मेष राशि–

शिक्षा क्षेत्रमा राम्रो प्रगति हुनेछ । काममा पारिवारिक सहयोग मिल्नेछ । नयाँ कामको अवसर आउन सक्छ । मनमा प्रेमका कुराले विषेश स्थान ओगट्नेछ । साथीभाइको सहयोगले आनन्दको अनुभव गराउनेछ । आफ्नो योग्यताको प्रश्न दिमागमा आउनेछ ।

बृष राशि
आफन्त भेटघाटमा समय बित्नेछ । समान हराउने वा नोक्सन हुन सक्ने छ सावधान रहनु होला । बोल्दा विचार गरेर बोल्नु होला नजिकको माछेलाइ पेच पर्न सक्ने समय छ । दःख दिन चाहनेहरु सक्रिय रहलान् । सामाजिक काममा मन जाने छ । माया प्रेमका रमाइला कुराकानी हुनेछन् ।

मिथुन राशि
नयाँ कामको जिम्मेवारी थपिनेछ । उपहार आदि प्रात्त हुने देखिन्छ । अरुले कुरा काट्नेछन् सावधान रहदै अधि बढ्नु होला । प्रयासलाई जारी राख्न सके प्रगति हुने समय छ । आफ्नै बुद्धि र बिवेकले सफलता मिल्ने देखिन्छ । टाढाबाट शुभ समाचार आउनेछ ।

कर्कट राशि
जिद्दी बानिले हानि गर्ला । मायालु संग मन रमाउने समयछ । धार्मिक तथा सामाजिक काममा मन जानेछ । काममा ध्यान जानेछ । सरसमान किनमेलमा केहि खर्च होला । भोज भतेरमा सहभागी हुनु पर्ला । समग्रमा मन फुरुङ्ग रहने छ ।

सिंह राशि
विदेश यात्राको लागि सरसल्लाह हुनेछ । लेनदेनको मामिलामा एकदम सजग रहनुहोला । दान पुण्य गर्न सके मन आनन्द रहनेछ । सोच विचार पुर्याएर मात्र नयाँ निर्णय लिनु होला । मन परेको सामग्री किन्नमा खर्च हुनेछ । नगरेका कामको दोष आउन सक्छ सावधान रहनु होला ।

कन्या राशि
गरिरहेको काममाकम सन्तुष्टि मिल्ला । नयाँ कामको जिम्मा लिनु पर्नेछ । प्रतिभा प्रस्तुत गर्न अनुकुल समयछ । कागजपत्रको काममा समय अपुग हुन सक्छ सावधान रहनु होला । उपचारमा खर्च हुने देखिन्छ । शिक्षा क्षेत्रमा मन जानेछ । मायाका कुरामा प्रगति हुनेछ ।

तुला राशि
कामको ढिलाईले मनमा चिन्ता थप्ला । ऋण लिने दिने कुरामा सावधान रहनु पर्ने छ । दैनिक कृयाकलापमा प्रगती नै हुनेछ । स्वास्थ्य सम्बन्धी केही समस्या आउने देखिन्छ । सर सामान हराउने पनि योग छ सावधान रहनु होला । तपाईं प्रतीको विश्वाश बडेर जानेछ । बिद्धान सँगको सम्बन्ध बढ्नेछ ।

बृश्चिक राशि
आर्थिक पक्षमा राम्रो संकेत देखिनेछ । काममा बाधा अड्चन देखिए पनि सफलता हात लाग्नेछ । नयाँ काम प्राप्त हुने प्रबल सम्भावना छ । मायामा देखिएको समस्याको समाधान हुनेछ । काम कै सन्दर्भमा यात्राको योग बन्नेछ । आफन्तको सफलतामा रमाउन पाइनेछ ।

धनु राशि
नयाँ कामको योजना बन्नेछ । रोकिएको धन प्राप्त हुनेछ । पारिवारिक समस्या भने बढ्ने देखिन्छ । ब्यापारमा ध्यान दिन सके सक्दो फइदा हुनेछ । केही धन संचय हुने योग छ । आत्मबिश्वास बढ्ला । साथीभाइको सहयोगले सन्तोषको मात्रा बढ्नेछ । काममा रुची बढ्नेछ ।

मकर राशि
महत्वपूर्ण कामबन्ने छ । दिमागमा कामका ठुला योजनाहरु फुलान् । पुरानै कामलाई जति सक्दो मन दिदा राम्रो हुनेछ । आर्थिक कुरामा सुभ संकेत पाइने छ । अनावस्यक वादवि वादमा फस्न सकिन्छ विचार पुराउनु होला । मायामा परिवारको राम्रो सहयोग पाइनेछ ।

कुम्भ राशि
काममा सकरात्मक संकेत देखिनेछ । मनले चाहेको काम कठीनाइका माझ पनि बन्नेछ । कारोबारमा फाइदा नै हुने छ । नजिकका मान्छेको सहयोग उपलब्धिमूलक रहनेछ । पढाइ लेखाइतिर कम ध्यानजाला । तर पनि मनमा हर्ष रहने छ । व्यवहारिक कठिनाईको सामना गर्नु पर्ला ।

मीन राशि
नयाँ कामको जिम्बेवारी आउनेछ, कामलाइ राम्रो संग गर्न सके भाग्य बन्ने छ । लाभदायक ले नदेन होला । बिषम परिस्थितीका बाबजुत पनि काममा सफलता नै पाइने छ । समाजमापनिमान बढ्ने छ । टाडाबाट खुशिको समाचार आउनेछ

Related Articles

Back to top button