समाचार
धरान एकैदिनमा दुई ट्राफिक प्रहरी सहित ३२ जनामा कोरोना संक्रमण पुष्टि
धरानमा आज एकैदिन दुई ट्राफिक प्रहरी सहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । आज थपिनेहरुमा सबै भन्दा धेरै वडा नम्बर ७ मा ७ वर्षीय बालिका सहित ९ जना, वडा नम्बर १२ मा ५ जना, वडा नम्बर १३ मा ४ जना , वडानम्बर 2 मा ३ जना , धरान ३ को २ जना , वीपी प्रतिष्ठानका एक नर्स र डाक्टरको क्वार्टरमा कार्यरत १८ बर्षीया महिला, धरान १७ का ३ जना ,धरान १६ का २ जना , धरान ८ का २ जना जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरीहरु स्वास्थ्य रहेको धरान उपमहानगरपालिका का महाशाखाका प्रमुख मेहेताले बताउनुभयो । सबै भन्दा बढी वडा नम्वर ७ का एक जना प्रहरीमा कोरोना सङ्क्रमण भएको र उनको कनट्र्याक्ट ट्रेसिङका ८५,६७,२२,१९,४७,३३,२५,६० वर्षीय महिलाहरु रहेकाछन । योसँगै धरान कुल संक्रमितको संख्या ४२७ पुगेको पनि मेहताले जानकारी दिनुभयो ।
हार्ट एफ एम 87.6 MHZ धरान