समाचार

कोरोना भाइरस अब सामान्य रुघाखोकी सरह रहने

काठमाडौं। शोधकर्ताहरुले कोरोनाभाइरस रुघाखोकी लगायत अन्य मौसमी भाइरसहरुजस्तै सामान्य भाइरसको रुपमा रहने प्रक्षेपण गरेका छन् मानिसहरुमा हर्ड इम्युनिटी विकसित भएपछि कोरोनाभाइरस पनि अन्य सामान्य मौसमी फ्लु भाइरसजस्तै रहने शोधकर्ताहरुले प्रक्षेपण गरेका छन् । यद्यपि शोधकर्ताहरुले यस्तो अवस्था हर्ड इम्युनिटी प्राप्त भइसकेपछि मात्र हुने हुनाले त्यतिबेलासम्म मानिसहरुले सावधानी अपनाउनुपर्ने बताएका छन् ।

फ्रन्टियर्स इन पब्लिक हेल्थ पत्रिकामा प्रकाशित रिपोर्टका अनुसार समशीतोष्ण जलवायु भएका क्षेत्रमा जब हर्ड इम्युनिटी विकसित हुनेछ त्यसपछि यो भाइरसको प्रधान कम हुनेछ । समशीतोष्ण क्षेत्रमा नेपाल भएको क्षेत्रसहित अमेरिका, क्यानडा, जापान, न्यूजिल्याण्ड, पश्चिमी एसिया र उत्तरी अफ्रिी क्षेत्रहरु पर्छन् । अध्ययनकर्तामध्येका एक लेबनानस्थित अमेरिकन युनिभर्सिटी अफ बेरुतका डा. हसन जराकेटका अनुसार कोरोनाभाइरस अझै केही समय संसारमा रहनेछ । वर्षभरीमा यसको लहर आउन सक्छ । यद्यपि हर्ड इम्युनिटी पाप्त भएपछि यसको प्रभाव कम हुनेछ । त्यतिबेलासम्म मानिसहरुले शारीरिक दूरी, मास्क लगाउने, निजी सरसफाइ, समूहमा जम्मा नहुने जस्ता सावधानी अपनाउनुपर्नेछ ।

कतारको दोहास्थित बतार युनिभर्सिटीका डा. हादी यामिनका अनुसार सासको रोग फैलाउने कैयौं भाइरसको प्याटर्न मौसमी हुन्छ । खासगरी सम शीतोष्णक्षेत्रमा । समशीतोष्ण क्षेत्रमा जाडोको बेला इन्फ्लुएन्जा र अन्य भाइरस धेरै सक्रिय हुन्छन् जसको कारण रुघाखोकी लाग्छ । तर, यही भाइरस उष्णकटिबन्धीय क्षेत्रमा वर्षभर सक्रिय रहन्छन् । शोधकर्ताहरुका अनुसार भाइरसको प्रसारका प्रमुख कारण तापमान र आर्द्रता हुन् । मौसमले हावा, सतह र मानिसको शरीरमा संक्रमणको प्रसार प्रभावित गर्छ । यद्यपि कोरोनाभाइरस फरक छ र यसको प्रसार निकै तीब्र गतिमा हुन्छ

ssurce: online 69 media

Related Articles

Back to top button