समाचार

केन्दिय कारागारमा रहेका एक ब्यक्तिको निधन रहस्यमय भएको भन्दै परिवारका सदस्यले वीर अस्पतालमा विवाद गरे (भिडियो हेर्नुस्)

काठमाडौं । केन्दिय कारागारमा रहेका एक ब्यक्तिको निधन रहस्यमय भएको भन्दै परिवारका सदस्यले वीर अस्पतालमा विवाद गरेका छन् । कोरोनावाट निधन भएको भनिएका रुपन्देहीका ६३ वर्षका रामलखन जैसवालको शरिरमा अस्वभाविक चोट देखिएपछि परिवारका सदस्यले शंकास्पद निधन भनेका छन् ।

विरोधमा उत्रिएका आफन्तले पोष्टमार्टम गर्नुपर्ने माग राखेका छन् । असोज ३ गते वीर अस्पतालमा उपचारको क्रममा ६३ वर्षीय रामलखन जैसवालको निधन भएको थियो । उनको निधन पछि गरिएको कोरोना परिक्षणमा रिपोर्ट पोजेटिभ आएको हो । तर परिवारका सदस्यले उनको स्वभाविक निधन नभई कसैले ज्यान लिएको दावी गरेका छन् ।

केन्द्रीय कारागार सुन्धारामा कैद भुक्तान गरिरहेका जैसवालाई स्वास्थ्यमा समस्या भएपछि वीर अस्पताल लगिएको थियो। रुपन्देहीको सिद्धार्थ नगरपालिका घर भएका उनको शरीरमा चोट देखिएको दाबी गर्दै उनको परिवारले निधनलाई शंकास्पद भनेका छन्। सार्वजनिक भएको भिडियो र तस्बिरमा पनि शरीरमा चोट देखिएको छ। आँखा पनि बाहिर निस्किएको जस्तो देख्न सकिन्छ । घाँटीमा पनि चोट छ ।

मंगलवार परिवारले वीर अस्पताल पुगेर शव हेर्न खोज्दा अस्पतालले शव हेर्न दिएको थिएन । तर जैशवारको छोरी रश्मी जैसवाल झुक्याएर गएर उनको शवको तस्बिर र भिडियो खिचेकी थिइन् । अस्वभाविक चोट देखेका कारण घटनाको छानविन गर्न माग गर्दै परिवारका सदस्य विरोधमा उत्रिएका हुन् । केन्द्रीय कारागारका जेलर लक्ष्मी बाँस्कोटाले भने निधन कुनै पनि शंकास्पद नभएको दावी गरेका छन्। पार्किन्सनको बिरामी भएका जैसवाललाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको उनले बताए।

‘कारागारभित्र कुनै पनि शंकास्पद छैन। उहाँलाई आवश्यक परे सिसिक्यामरा फुटेजदेखि अन्य प्रमाण देखाउन सकिन्छ’, उनले भनेका छन् । जैसवाल ज्यान मुद्दामा कारागारमा रहेका थिए। घटनाको अनुसन्धानमा शंका लागे गृहमन्त्रालयले छानविन समिति गठन गरेर अनुसन्धान गर्नसक्छ। तर कोभिड(१९ संक्रमितको पोस्टमार्टम गर्ने प्रावधान नभएकाले के गर्ने भन्ने प्रश्न भने उठेको छ।

wow sansar

Related Articles

Back to top button