यी ४ काम गर्नुहोस, सदैव लक्ष्मीको वास हुन्छ
हामी तपाइँहरुलाई सधै प्रेरणादायी कुराहरु दिने गरेका छौ । प्रेरक भनाईहरु, मनछुने लाईनहरु, जीवनशैली, व्यक्तित्व विकास र साथ् साथै सुन्दर जीवनको लागि स्वास्थ्य सम्बन्धि जानकारीहरु पनि पस्किने गरेका छौ । आशा छ हाम्रो यी जानकारीहरुले तपाइँहरुलाई केहि न केहि सहयोग अवश्य पनि पुर्याइरहेको छ । आज पनि हामीले यहाँ तपाइँहरु माझ एउटा जानकारीमुलक कुरा लिएर आइसकेका छौ ।
हिन्दु धर्मसँग जोडिएका केही यस्ता परम्परा वा काम छन्, ती कुरा ध्यान दिदा भगवान्को कृपा प्राप्त हुने विश्वास गरिन्छ। ती कामको प्रभावले गर्दा कहिलै दुख वा पीडाको सामना गर्नु नपर्ने विश्वास गरिन्छ। घरमा धन धान्यको कुनै पनि कमी नहुने धार्मीक विश्वास छ।
जानिराखौँ ती काम:
पुजापाठ
जुन घरमा पुजा पाठसँग सम्बन्धित साना कुरामा ध्यान राखिन्छ र नियमित रुपमा भगवानको सेवा गरिन्छ, त्यस्तो घरमा कुनै दुख पीडा नहुने विश्वास रहेको छ। पुजासँग जोडिएका शास्त्रीय निमयमको ध्यान राखेमा सकारात्मक उर्जा प्राप्त हुने तथा सुख समृद्धि आउने धार्मीक विश्वास छ।
तुलसी
तुलसीलाई शक्ति स्वरुपा मानिने गरिन्छ। जुन घरमा तुलसीको पुजा हरेक दिन हुने गर्दछ, उसको घरमा केही कुराको कमी नहुने विश्वास गरिन्छ। तुलसी रोप्दा घरमा प्रवेश गर्ने हावा पनि अमृत समान हुने गर्दछ। जुन व्यक्तिले बिहान चाडै उठेर तुलसीलाई जल चढाउछ, उसमाथि सधै विष्णु भगवानको कृपा रहने विश्वास गरिन्छ। गोबर गाईको गोबरलाई निकै पवित्र मानिने गरिन्छ। महाभारतको अनुशासन पर्वका अनुसार गाईको गोबर महालक्ष्मीको निवास हुने गर्दछ। त्यसैले जुन ठाउँमा गाईको गोबरले पोत्ने गरिन्छ, त्यो ठाउँ पवित्र हुने गर्दछ। साथसाथै माता लक्ष्मीको कृपा पनि मिल्ने गर्दछ।
मन्दिर
पश्चिम दिशा तर्फ मुख फर्काएर पुजा गर्नु अत्यन्तै शुभ मानिन्छ। त्यस्तै मन्दिरको ढोका यदी पूर्व दिशामा भए छन् राम्रो हन्छ। प्रवेश द्धारको ठिक अगाडि ईश्वरको मुर्ति भने कहिलै राख्नु हुँदैन्। घरमा मन्दिरको स्थापना गर्दा सबै भगवानको कृपा मिल्ने विश्वास गरिन्छ।
माता लक्ष्मीलाई खुसि पार्न गर्नुहोस् यी काम, हुनेछ धनको वर्षा
सनातन हिन्दू धर्ममा शुक्रवारलाई लक्ष्मी र वैभव–विलासको दिन मान्ने गरिन्छ । आज माता लक्ष्मीलाई खुसी पार्नका लागि पनि गरिन्छ । यसै अवसरमा आज हामी माता लक्ष्मीलाई खुसी पार्न अपनाउनुपर्ने उपायहरुका बारेमा जानकारी गराउँदै छौं, जसले गर्दा तपाईको जीवनमा सधैं सुख शान्ति र समृद्धि प्राप्त हुनेछ ।
– भनिन्छ माता लक्ष्मी जुनसुकै समय मापनि घरमा आउन सक्छिन । तथापि साँझको समयमा घरमा लक्ष्मीको प्रवेश हुने भएकाले साँझमा माताको नाममा दीप प्रज्वलन गर्नुलाई शुभ मानिन्छ ।
– शुक्रवार बिहानै शुद्ध मनले गाईलाई रोटी खुवाउँदा पनि लक्ष्मी प्रसन्न हुने मान्यता रहेको छ ।
– शुक्रवारको दिन सम्भवत घर सरसफाई गर्नुहुँदैन यसले घरमा लक्ष्मीको वास नहुने बिश्वास गरिन्छ ।
यसका अलावा अरु के गर्ने?
– घरमा तुलसी रोप्ने र नियमित पुजा गर्ने
– पानीमा चन्दन मिसाएर स्नान गर्ने
– चाँदी या चन्दनको टुक्रालाई नदीमा बहाउने
– सुगन्धित वस्तुहरुको प्रयोग गर्ने
– बिहिवार लक्ष्मी पुजा
नोट : साथै तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।
यो पनि पढ्नुहोला :
एप्पल कम्पनीका सीइओ टिम कुकका सफलताका सुत्र
टिम कुक विश्वप्रसिद्ध एप्पल कम्पनीका सीइओ हुन् ।अमेरिकी नागरिक टिम कुकको जन्म सन् १९६० नोवेम्बेर १ मा भएको थियो। टिम कुक भन्दा तल्लो तहमा ८० हजार कर्मचारीले काम गर्छन् । फोर्ब्स म्यागजिनका अनुसार, उनी विश्वकै शक्तिशाली दश सीइओ मध्येका एक हुन् । आफूलाई समलिंगी भन्न नहिच्किचाउने एकान्तप्रेमी उनी फिट रहन, जिम गर्न र साइकिलिङ्ग गर्न मन पराउँछन् ।
टिम कुकका सफलताका सुत्र :
जीवनमा आउने विभिन्न परिस्थिति तथा मोडले गर्दा आफ्नो लक्ष्यबाट विचलित नबन । यदि तिमीले ती परिस्थिति र मोडमा विचलित नभई सही तरिकाले प्रतिक्रिया जनाउँछौ भने ती परिस्थितिले तिमीलाई लक्ष्यमा हिंड्नको लागि अझ धेरै अनुभव दिन्छन्, तिम्रा खुट्टाहरुलाई अझ बलियो बनाउँछन् र मनमा दृढ विश्वास जगाइदिञ्छन् ।
आफ्नो लक्ष्य पूरा गर्नको लागि एकजना आफूले मात्र गर्छु भनेर हुँदैन । त्यसको लागि तिमीलाई एउटा बलियो टिमको आवश्यकता पर्छ । टिममा यस्ता मानिसहरु ल्याउ जसले तिम्रो लक्ष्यलाई बुझ्न सक्छन् , कामलाई गम्भीरताका साथ लिन्छन् र तिम्रो योजना कार्यन्वयनको लागि प्रभावकारी ढंगले काम गर्न सक्छन् ।
अरु मानिसले राखेका तर्कहरु सुन । तर, ती तर्कले तिमीलाई जता उडाउन चाहन्छन् , त्यतै उड्न आफ्ना पखेटा नफैलाउ । ती तर्कहरु विश्लेषण गर र निर्णय आफैले लिएर आफ्नो यात्राको दिशा तय गर । यसरि उड, जसरि चिल आफ्नै नियममा बेप्रवाह उडिरहेको हुन्छ । आफ्नो नियम आफै बनाऊ ।
अरुको तर्कलाई नमान्नु , स्वतन्त्र हुनु भनेको अनुशासनहीन बन्नु होइन । काममा केन्द्रित बन । आफ्नो कामलाई माया गर । काममा अझ राम्रो कसरि गर्न सकिन्छ भनेर सधै सिक्ने प्रयत्न गर । हरेक दिन आफूमा केही न केही सुधार ल्याउने प्रयास गर ।
काम सक्नको लागि नगर । तिमीले कति काम गर्यौ होइन, तिमीले गरेको कामबाट तिमीले कति उपलब्धि हासिल गर्यौ ? तिम्रो काम कति गुणस्तरीय भयो ? त्यो हेर ।
कोही पनि व्यक्ति शतप्रतिशत ‘पर्फेक्ट’ हुँदैन । अरुबाट केही सिक । अरुको संघर्ष, मिहिनेत, सफलता मात्र होइन उनीहरुको गल्ती, पश्चाताप, असफलताबाट पनि केही सिक । यसले गर्दा तिमीले सही समयमा सही निर्णय लिन सिक्छौ र आफ्नो लक्ष्यमा लागिरहनको लागि प्रेरणा समेत मिल्छ ।
अरुले गरेको जस्तो गर्न खोज्ने, अरुजस्तै बन्न खोज्ने गरेर तिमीले सफलता हासिल गर्न सक्दैनौ । तिमी भित्र जुन क्षमता तथा विचार छ, त्यो कुरालाई बाहिर ल्याऊ । त्यसले तिम्रो छुट्टै परिचय बनाइदिन्छ र सफलताको लागि ढोका खोलिदिन्छ ।
नोट : साथै तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।