सञ्चार गृहमा पसेर मेयरका भतिजाको हंगामा, पत्रकारलाई ठिक पार्छु भन्दै ध’म्की
काठमाडौ । धनगढी स्थित एक सञ्चारगृहमा प्रवेश गरेर मेयरका भतिजाले हंगामा गरेका छन् । दिनेश सञ्चार गृहमा प्रवेश गरेर धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का जीवन भनिने समिर बिकले हंगामा गरेका हुन् । उनी मेयरका भतिजा हुन् । घटनामा संलग्न विकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले बिकलाई धनगढी उपमहानगरपालिका वडा नम्बर ६ को ढुङ्गे बजारबाट पक्राउ गरिएको जानकारी दिए। उनी धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडका भतिजा (फुपुका नाती) हुन्।
बिकले नै गत भदौँ २६ गते दिनेश सञ्चार गृहमा आ क्र म ण गर्ने समूहको नेतृत्व गरेका थिए। धनगढी ५ का १९ वर्षीय युवक रोशन विककोे जिल्ला प्रहरी कार्यालयको हिरासतमा निधन भएपछि भदौँ २६ गते युवाहरु समूह नाराबाजी गर्दै सेती प्रादेशिक अस्पताल पुगेको थियो।
सेती अस्पतालबाटै बिकले गलत समाचार लेख्ने दिनेश खबरलाई ठीक पार्नुपर्छ भन्दै युवाहरुको समूहलाई उ त्ते जि त बनाएर ल्याएका थिए। बिकले दिनेश सञ्चार गृहमा प्रवेश गर्ने बितिकै दिनेश खबर अति भईसक्यो ठीक पार्नुपर्छ भन्दै भीडलाई उ त्ते जि त बनाएका थिए।
गृहको समाचार कक्षमै बिकले ‘यिनीहरुलाई डोज पुगेको छैन्, अब थाहा हुन्छ।’भन्ने कुरा बोलेको उनैले फेसबुक लाईभ गरेको भिडियोमा सुन्न सकिन्छ। बिकले दिएका अभिव्यक्तिलाई हेर्दा जिल्ला प्रहरी कार्यालयमा भएको आ त्म ह त्या सम्बन्धी समाचारलाई निहु बनाएर नियोजित रुपमा आ क्र म ण गर्न खोजेको जस्तो देखिएको छ। दिनेश खबरवाट