धरानमा एमालेको भोट मलाई चाहिँदैन -अशोक राई ।
“धरानमा एमालेको भोट मलाई चाहिँदैन”
– अशोक राई ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुनसरी क्षेत्र नम्बर १ धरानका उम्मेदवार अशोक राई छन् । उनी करिब १० बर्ष पहिले नै एमाले परित्याग गरेका ब्यक्ति हुन । तर अहिले एमालेसंग नै तालमेल गरि उम्मेदवार बनेका हुन् । यो दस वर्षमा एमालेलाई सिध्याउन उनलेे सबै खाले अस्त्र प्रयोग गरे । केपि ओली र एमाले पार्टीलाई नांगै पार्न कुनै कसुर बाँकी छोडेनन ।
यहाँ प्रश्नहरु छन्, एमाले पार्टीलाई सिध्याउन लाग्नेलाई धरानका सचेत एमालेले नेताकार्यकर्ताले भोट किन दिने ? अर्कोतिर जनता समाजवादी पार्टीको मत धरानको उपनिर्वाचनमा जम्मा सात सय मात्र देखिन्छ, अहिले बढीमा १५ सय जति होला । यता एमालेको मत करिबकरिब पचास हजार होला । के यो तालमेल प्राकृतिक छ ? के धरानका सचेत एमाले नेताकार्यकर्ता बलिका बोका हुन् ?
ज्ञातब्य छ कि अशोक राई धरानका बासिन्दा पनि होइनन् । धरानमा केहि गर्ने भन्दा पनि धरानलाई टेकेर आफू माथि जान धरानलाई भर्र्याङ् बनाउन खोजेका मात्र हुन । धराने एमाले नेताकार्यकर्ताहरुले गम्भीर गरि नसोचे अब धरानको एमाले पार्टीभित्र व्यापक बिचलन आउन सक्ने देखिन्छ। के एमाले धरानमा एमाले आफैंले आफैंलाई सिध्याउन चाहन्छ ?
एमालेका उम्मेदवारलाई सहयोग नगर्नु (उप शिर्षक)
एमाले र जसपा बीच प्रतिनिधिसभाको १७ सिटमा तालमेल भएको छ । त्यो १७ ठाँउ भन्दा अरुतिर जसपा र एमालेका आ-आफ्नै उम्मेदवार रहेका छन् । एमालेका धेरै जसो उम्मेदवारले धरान लगायतकाममा ठाँउमा तालमेल भएकाले यस जिल्लामा जसपाले एमालेलाई सहयोग गर्नु पर्यो भनी प्रस्ताव राख्नु स्वभाविक कुरा थियो । यस्तो प्रस्ताव एमालेबाट आउन थाले पछि ती जिल्लाका नेताहरूले असोक राईलाई सम्पर्क गरि कुरा राखे । त्यसक्रममा अशोक राईले तालमेल भएको ठाँउ बाहेक अन्यतिर एमालेलाई सहयोग गर्नु पर्ने सहमति भएको छैन भनी जवाफ दिए । यसैक्रममा असोक राईले ताप्लेजुङका योगेश भट्टराई, भोजपुरका शेरधन राई, तेह्रथुमका विजय सुब्बा, ईलामका सुबास नेम्बाङ, मोरङका भानुभक्त ढकाल, झापाका अग्नि खरेल जस्ताहरुलाई कुनै हालतमा जसपाले सहयोग गर्नु हुन्न भनी प्रष्ट बिचार राखेको सुत्रको दाबी छ ।
भिम राई
परिवारवादको संरक्षक (उप शिर्षक)
अशोक राई, यो निर्वाचनमा सफा नियतले आएको देखिन्न । उनले आफ्नो श्रीमती सुशीला श्रेष्ठलाई जसपा, नेपालको समानुपातिक सुचीको एक नम्बरमा राखेका छन् ।
धरानमा अलोकप्रीय, अराजक र अराजनीतिक ब्यक्तिको रूपमा परिचित अशोक राईको नजिकैको आफ्ना भतिजो भिम राईलाई उहाँले प्रदेश १ को समानुपातिक सुचिको एक नम्बर लिस्टमा जबर्जस्त राखेका छन् । र अशोक राईको ससुराली ताप्लेजुङ हो । ताप्लेजुङका पारिवारिक रूपमा नजिकै सम्बन्ध भएकी गाउँले साली निर्मला लिम्बुलाई उहाँले प्रदेश १ को समानुपातिक महिला तर्फको एकै नम्बर सुचिमा राखेका छन् । पार्टी भित्रको भरपर्दो सुत्रका अनुसार यो बारेमा पार्टीका सबै नेताहरुले असहमति जनाए तर उनि पटक्कै मानेनन् । आफ्ना श्रीमती, भतिजो र सालीको समानुपातिकको एक नम्बरमा सुनिस्चित नभएसम्म पार्टीको सिंगो समानुपातिक लिस्ट नै कब्जा गरेर बसिरहे भन्ने सुत्रको दाबी रहेकोे छ। तर अशोक राई चाहिँ यो पार्टीको निर्णय हो भन्दै अरुलाई बेवकुफ बनाई रहेका छन् ।
उनको यस्तो ब्याबहारले जसपा, नेपाल भित्र असोक राईको महान त्यागी नेता, सालिन, भद्र नेता आदि पगरीबाट परिचीत नेता अब स्खलित भएको चर्चा व्यापक छ । उनको सालिनता त परिवारवादमा पुगेर छिल्लबिल्ल भइ समाप्त भएको चर्चा छ ।
निर्मला लिम्बु
असहयोग गर्ने ज्यादा (उप शिर्षक)
धरानमा असोक राईलाई जिताउन पहिलाको चुनाव जस्तो माहोल बन्न सकेन। बाहिरी जिल्लाहरु बाट सहयोग गर्ने पहिलाको जस्तो उत्साह देखिएन ।
सहयोग गर्नु भन्दा पनि यसो देखिन आएको प्रष्ट अनुभव गर्न सकिन्थ्यो । धरान नगर कै नेताहरू समेत चुनावमा खटेको जस्तो मात्र देखिए । धरान नगरको मुख्य कुरा असोक राईले आफ्नो कुपात्र भतिजोलाई समानुपातिकको एक नम्बर सुचीमा बिधि प्रक्रिया मिचेर राख्नुलाई आपत्ति जनाएको सुत्रको दाबी छ । कुपात्र भतिजो भिम राईले छ महिना अगाडि भएको स्थानीय निर्वाचन ताका धरान नगरलाई करिबकरिब दुईलाख रुपैयाँ घोटाला गरि फसाएको सार्वजनिक भएको छ । र धरानको सबै पार्टीको तह र तप्कामा विवाद सृजना गर्ने उनै भएको सबैले खुलेर भन्ने गरेका छन् । यस्ताको संरक्षण उनै अशोक राईले गरेर हिडिरहेका छन् ।
सुशिला श्रेष्ट
असोक राईको लाजमर्दो कार्य (उप शिर्षक)
एमाले र जसपा बीच चुनावी तालमेल गराई गठबन्धनबाट जसपालाई अलग्याउने मुख्य सुत्रधार अशोक राई नै हुन् । यस्को मुल कारण धरानमा चुनाव जित्नु हो । पहिलाको चुनावमा कांग्रेस माओवादीको साथ पाएकै हो । चुनाव हारे । फेरि पनि तिनै संगको गठबन्धनले फेरि हारिने पक्का हुने उनको निचोड हो । यो तालमेलमा न जसपाका नेताकार्यकर्ता खुशी हुन सके न त एमाले धरानका नेताकार्यकर्ता खुसी छन् !!
खुसी शिर्फ एक जना छन् ती हुन अशोक राई ।
जब उम्मेदवारी दिए अनि भन्न थाले मलाई जसपाले पठाएको भनेर । यो सबै नाटक हो उनको । उल्टो जसपालाई यता न उताको पार्ने, जताततै समस्या सिर्जना गर्ने उनी नै हुन् ।
अहिले आफू राष्ट्रिय ब्याक्तित्व भएको भन्दै भोट मागेर हिडेका छन् । राष्ट्रिय ब्यक्तित्व भएका ब्याक्तीले बरु पार्टी समाप्त भए होस आफ्नो परिवार चाहिँ बचे भो भन्ने काम गर्छन् त ??
एमाले पार्टी लाई नाङ्गो पार्न केही कसुर बाँकी नराख्ने असोक राई हिजोआज फेसबुकमा पुराना एमाले पार्टीमा हिडेका, बसेका, खाएका, भेटघाट भएका, मन्त्री भएका फोटो राखेर के गर्न खोजेका हुन ? धराने एमाले नेताकार्यकर्ताले कुरा बुझ्दैनन होला ? यो केवल खसी काट्नु अघिको हरियो घाँस मात्र हो । असोक राईको लाजमर्दो हर्कत ।
चेतना भया ।
भिडियो हेर्नुहोस्
लेखक- दिपक राई धराने ।
(साभार गरिएको )