समाचार

दु:खद खबर, प्र’तिब’न्धित मुलुक इराक पुगेका दुई नेपालीको मृ’त्यु’ कारण यस्तो सम्म(हा’र्दिक श्र’द्धा’ञ्जली )

इराक । विदेशमा काम गरी कमाइ गर्ने सपना देखेर इराक पुगेका दुईजना नेपालीहरुको बाढीमा परी मृ’त्यु भएको छ । कामका लागि इराक आएका नेपालको दोलखा जिल्ला विगु गाउका पाल्देन शेर्पा र मोरङ्ग जिल्लाको लेटाङ्ग ४ का औराज राईको डिसेम्बर १७ तारिक शुक्रबार विहान मृ’त्यु भएको हो ।

बैदेशिक रोजगारीका लागि प्रतिबन्धित मुलुक इराकको कुर्दिस्तानमा यी दुबै नेपालीहरु आइपुगेको केही समयमात्र भएको थियो । समाचारअनुसार, मोरङ्गका राई केही महिनाअघिमात्र इराक पुगेका थिए भने दोलखाका पाल्देन शेर्पा एकसाता अघिमात्र इराक पुगेका थिए ।

उनीहरु दुबैजना सवार सवारी साधनलाई बाढीले ब’गाउंदा सोही सवारी साधनभित्र परी नि’धन भएको हो । उनीहरु इराकको कुर्दिस्तानस्थित अर्विलमा कार्यरत थिए । उनीहरु कार्यरत कम्पनीका कामदारहरुले उनीहरुको श’व व्यबस्थापन र क्षतिपूर्तिका लागि आवाज उठाएका छन् ।

कामदारहरुले शुक्रबारको एकदिन कामसमेत ठ’प्प पारेका छन् । त्यसपछि कम्पनीले श’व व्यवस्थापन र क्षतिपूर्ति दिने आश्वासन दिएको बताइएको छ । इराकको कुर्दिस्तानमा अहिले अविरल बर्षा भइरहेको र बाढीले जताततै क्ष’ति पुर्याएको छ ।

Related Articles

Back to top button