समाचार

रवि लामिछानेले पार्टी घोषणा गरेपछि देउवाका ज्योतिषिले गरे यस्तो भविष्यवाणी !

रवि लामिछानेले पार्टी घोषणा गरेपछि देउवाका ज्योतिषिले गरे यस्तो भविष्यवाणी !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिषि सुरेशचन्द्र रिजालले तीन ठूला शक्तिशाली ग्रह शनि, शुक्र र बृहस्पति एक्लाएक्लै बलियो अवस्थामा रहेको समय पारेर रवि लामिछानेले नयाँ पार्टी घोषणा गरेको बताएका छन् ।

माओवादीपछि २७ वर्षमा पुनः विभिन्न मुद्दा बोकेको पार्टी घोषणा भएको बताउँदै उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा राखेका हुन् ।ज्यातिषि रिजालले देशले अझै राजनेता खोजिरहेकाले लामिछानेले नयाँ दल खोलेका बताएका छन् ।

‘तीन ठूला शक्तिशाली ग्रहहरू शनि, शुक्र र बृहस्पति एक्लाएक्लै बलियो अवस्थामा रहेको समय पारेर नयाँ पार्टीको घोषणा भएको छ । ०५२ सालबाट माओवादीले पनि परिवर्तनका लागि भनेर विभिन्न मुद्दा उठाएर जनयुद्धको घोषणा भएको थियो । २७ वर्षपछि पुनः देशमा नयाँ पार्टीको घोषणा भएको छ । अतः देशले अझै राजनेतको खोजि गरिरहेको छ,’ उनले फेसबुकमा लेखेका छन् । पूर्वसञ्चारकर्मी लामिछानेले मंगलबार मात्र राष्ट्रिय स्वतन्त्र पार्टी नामक दल खोलेका छन् ।

यो पनि हेर्नुहोस ।

रवि लामिछानेले निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदन खारेजीको माग गर्दै उजुरी

संचारकर्मी रवि लामिछानेले निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदन खारेजीको माग गर्दै उजुरी परेको छ। लामिछानेले मंगलबार निर्वाचन आयोग ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताको लागि निवेदन दिएका थिए।‘स्वतन्त्र’ उम्मेदवारलाई नै भ्रम पर्ने गरी नाम राखिएको भन्दै स्वतन्त्र उम्मेदवारी अभियानले आयोगमा उजुरी दिएको हो।स्वतन्त्र उम्मेदवारी अभियान डम्बर साहुले ध्यानाकर्षण गराउँदै ‘स्वतन्त्र’ शब्द हटाई अन्य शब्द प्रयोग गर्न आग्रह गरिएको छ।

‘कुनै पनि व्यक्तिले राजनीतिक पार्टीमा आबद्ध हुन चाहँदैन र स्वतन्त्र रुपमा चुनावमा उम्मेदवारी दिन र निर्वाचित हुन पाउनेगरी संविधानले दिएको अधिकार छिनेर स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको स्वतन्त्रको उम्मेदवारीमा भ्रम र अन्यौल उत्पन्न भएको छ’ निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई सम्बोधन गर्दै उजुरी दिइएको पत्रमा भनिएको छ।

स्वतन्त्र उम्मेदवारीको तयारी गरेका वास्तविक स्वतन्त्र व्यक्ति/समूह/संस्थालाई गम्भीर आघात पुगेको बताइएको छ। साहुले निर्वाचन आयोगमा दर्ता गराएको पत्रमा भनिएको छ, ‘परम्परागत राजनीतिक पार्टी र म्याद गुज्रिएका नेतृत्वको विकल्पका रुपमा नयाँ र भिजन सहितका युवाहरु राजनीतिमा आउनु स्वागत योग्य रहे पनि धमिलो पानीमा माछा मार्ने कटु अवसरवादीहरुले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को नाममा निर्वाचन आयोगमा पार्टी दर्ताको लागि दिएको निवेदनमा स्वतन्त्र शब्द हटाई अन्य शब्दको प्रयोग गर्न अनुरोध गर्दछु।’

लामिछानेले ‘स्वतन्त्र’ शब्द जोडेर पार्टीको नाम घोषणा गरेपछि पक्ष र विपक्षमा बहस भइरहेको छ। लामिछानेले पार्टीको चुनाव चिन्ह ‘घण्टी’ प्रस्ताव गरेका छन्।डम्बर साहुले स्थानीय निर्वाचनभन्दा आठ महिनाअघि स्वतन्त्र उम्मेदवारी अभियान गठन गरेका हुन्। काठमाडौंमा बालेन्द्र शाहलाई जिताउन भूमिका खेलेको यस अभियानले आगामी असार १७ र १८ गते काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गर्दै छ।

राष्ट्रिय भेलाको तयारीको लागि अभियानका नेताहरु देश दौडाहमा छन्। स्वतन्त्र उम्मेदवारी अभियानले बुटवल, इटहरी दमकलगायतका स्थानमा भेला आयोजना गरी सुझाव संकलन गरिसकेको छ। अभियानले काठमाडौंका स्वतन्त्र मेयर उम्मेदवार सुमन सायमीको नेतृत्वमा आगामी बाटो तय गर्ने साहुले बताउँदै आएका छन्।

Related Articles

Back to top button