समाचार

बो’क्सीको आरोपमा महिलामाथि या’तना दिनेलाई तत्काल कारवाही गर्न अनेमसंघको माग !

काठमाडौ । सिराहामा एक महिलालाई कथित बो’क्सीको आरोपमा या’तना दिइएको घटना प्रति अखिल नेपाल महिला संघले ग’म्भिर आपत्ती जनाएको छ । गते भदौ २९ गते सिराहाको नवराजपुर गाउँपालिका वडा नम्बर ५ कसुन्डी निवासी ४५ वर्षिया मूर्तिदेवी यादवलाई कथित बो’क्सी को आरोपमा स्थानियले या’तना दिएका थिए ।

ग’म्भिर अवस्थाकी महिलाको अहिले अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकहरुले उनको अवस्था ग’म्भिर रहेको जनाएका छन् । अनेमसंघले सोमवार विज्ञप्ती जारी गर्दै घटनामा संलग्नलाई तत्काल प’क्राउ गरी कारवाही गर्न माग गरेको छ । घटनामा संलग्नहरु अहिले सम्म प’क्राउ नगरिएको भन्दै अनेमसंघले विरोध जनाउँदै तत्काल उनीहरुलाई प’क्राउ गर्न माग गरेको छ ।

‘गाउँको एउटा बच्चा बिरामी भएको, अर्को एक जनाको च’ट्याङ लागेर निधन भएको र पोखरीमा डु’वेर एक छिमेकीको निधन भएको घटनामा मूर्तिदेवीलाई कथित बो क्सि को आरोप लगाएर चरम या’तना दिनु अत्यन्त निन्दनीय घटना हो ।’ विज्ञप्तीमा भनिएको छ, ‘मूर्तिदेवीमाथि यस किसिमको ज्या द ती पूर्ण हिं सा गर्ने स्थानीय धर्मनाथ यादव, उनका छोरा सन्तोष र सोही ठाउँका देवनाथ यादव, कृष्ण यादव, ब्रह्म यादव लगायत घटनामा संलग्न व्यक्तिहरु अझै पनि स्वतन्त्र रुपमा घुमिरहेको हुँदा उनीहरुलाई तत्काल गिर’फ्तार गरि कारवाही गर्न अनेमसंघ माग गर्दछ ।’

संयोजक अमृता थापा र सहसंयोजक सिता पौडेलद्धारा जारी विज्ञप्तीमा मूर्तिदेवीको स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श र क्षतिपूर्ति सहित पारिवारिक र सामाजिक पूर्नस्थापनाको लागि सरकारसंग माग गरिएको छ ।

 

Related Articles

Back to top button