समाचार

स्वास्थ्यमन्त्री ढकाल दोस्रो पटक आइसोलेसनमा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल दोस्रो पटक होम क्वारेन्टाइनमा बसेका छन्। उनी यस अघि पनि केही दिन होम आइसोलेसनमा बसेका थिए । अहिले परिवारकै सदस्यमा कोरोना पुष्टि भएपछि दोस्रो पटक होम क्वारेन्टिनमा बसेका हुन् ।

यस अघि अस्पतालमा भेटेका आफन्तलाई कोरोना पुष्टि भएपछि आइसोलेसनमा बसेका स्वास्थ्यमन्त्रीकै परिवारको सदस्यमा पनि कोरोना पुष्टि भएको छ । मन्त्री ढकाल सोमवारदेखि होम क्वारेन्टिनमा बसेको मन्त्रीका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले जानकारी दिए।

मन्त्री ढकालको दुई दिन पछि स्वाव संकलन गरेर कोरोना परिक्षण गरिने प्रेस सल्लाहकार तिवारीले बताए । तिवारीका अनुसार मन्त्री अब स्वास्थ्य मन्त्रालय जाने छैनन् । उनले अन्य ब्यक्तिहरुसंगको भेटघाट पनि बन्द गरेको बताइएको छ । तर क्वाटरबाटै मन्त्री ढकालले मन्त्रालयका काम र आवश्यक निर्देशन दिइरहेका छन्।

यस अगाडि गत जेठमा मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत एक बिरामीलाई भेट्न मन्त्री ढकाल अस्पताल पुगेका थिए। तर ती बिरामीमा कोरोना पुष्टि भएसँगै उनी केहि दिन होम क्वारेन्टाइनमा बसेका थिए। ढकालको कोरोना भाइरस सरे नसरेको पुष्टि गर्न नमूना परीक्षण गर्दा नेगेटिभ आएपनि केहि दिन स्वास्थ्य मन्त्रालय नगई होम क्वारेन्टाइनमा बसेका थिए।

Related Articles

Back to top button