बेवारिसे अवस्थामा भेटिएको बच्चाको मृत्यु , १६ वर्षीया बालिका नियन्त्रणमा
तेह्रथुम ५, असोज । तेह्रथुमको आठराई गाउँपालिका-४ ईवा कालिपामा बेवारिसे अवस्थामा आइतबार भेटिएको बच्चाको मृत्यु भएको छ ।
झापा स्थित विर्तासिटी हस्पिटलमा सोमबार बिहान ३ बजे बच्चाको मृत्युु भएको प्रहरीले जनाएको छ । जिल्ला अस्पताल पाँचथरमा लागिएको बच्चाको स्वास्थ्यमा समस्या भएपछि अस्पतालले रेफर गरेको थियोे ।
बच्चाको शव पोस्टमार्टमका लागि घोपा क्याम्प धरान पठाइएको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेशकराम थान्दारले जानकारी दिनुभयो ।
बच्चा जन्माएर बाटोमा छोड्ने १६ वर्षीया बालिकालाई आईतवार नै प्रहरीले नियन्त्रणमा लिएको छ । बालिका जबर्जस्ती करणीबाट बच्चा जन्मिएको प्रहरीले जनाएको छ ।
बालिकालाई जबर्जस्ती करणीको आरोपमा २५ वर्षीय एक स्थानीय युवालाई सोमबार बिहान पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
कालिपाको कच्ची बाटोमा स्थानीयहरूले आइतबार बिहान ७:३० मा बच्चा भेटे पछि प्रहरीलाई खबर गरेका थिए ।
source: hamro sawal