समाचार

अनसन बसेका डा गोबिन्द केसी यस्तो देखियो गम्भीर समस्या, अहिले आइसियुमा

काठमाडौ । चिकित्सा शिक्षा सुधारका लागि बर्षौदेखि सरकारसँग माग राख्दै आमरण अनसनमा उत्रनुभएका डा. गोविन्द केसी ७ दिन देखि जुम्लामा १९ औं पटक आमरण अनसनमा बस्नु भएको छ । दुईबर्ष अघि नेपाल सरकारले डा. केसीसँग चिकित्सा शिक्षा सुधार गर्ने बचनबद्धताका साथ गरेको सम्झौता अहिले सम्म कार्यान्वयन नगरेको भन्दै बिषम परिस्थितिमा पटक पटक सरकारको ध्यानाकर्षण गराउँदा समेत बेवास्ता गरेका कारण पुनः आमरण अनसन बस्न बाध्य भएको उहाँले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उहाँ १२ बुद्धे माग अघि सार्दै गत भाद्र २९ गतेदेखि जुम्लामा आमरणअनसन बस्नुभएको थियो । उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँको स्वास्थ्य परिक्षण गरिरहनुभएका चिकित्सकहरुले डा. केसीलाई तुरुन्त अस्पताल भर्ना गरी उपचार शुरु नगरे जे पनि हुन सक्ने बताएका थिए । तर डा. केसीले भने आफु जनताका लागि म र्न तयार तर सरकारसँग माग पुरा नभएसम्म अस्पताल पनि नजाने र कुनै सम्झौता पनि नगर्ने भन्दै आउँनुभएको थियो ।

शनिबार राति करिब पौने एघार बजे प्रहरीले डा. गोविन्द केसीलाई ज ब र ज स्ती उठाएर अस्पताल पुर्यायो । १९ औं सत्याग्रहको घोषणा गरेको सातौं दिन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसियु कक्षमा डा. केसीलाई राखिएको छ । डा।केसीले भने माग पुरा नगर्न सरकारले अ प ह र ण शैलीमा आफुलाई उठाएर अपताल लगेको बताउँदै आउँनुभएको छ ।

डा. केसीले कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले अ प ह र ण गर्न लगाएको आरोप लगाउँदै भन्नुभयो उनिहरुलाई मेरो स्वास्थ्यको ख्याल लाग्छ भने हाम्रा मागहरु पुरा गरिदिए भयो नि । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा प्रदेश सरकारले द म न गरेको समेत आरोप लगाउनुभयो । प्रधानमन्त्री जनता प्रति उत्तरदायी भएको भए सम्झौता वमोजिमका मागहरु पहिले नै पुरा हुन्थे । न्युज अफ नेपालमा समाचार प्रकाशित छ ।

 

Related Articles

Back to top button