समाचार

कोरोना भाइरस कोभिड-१९ बाट आज थप ११ सय ५४ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या ४२७ पुगेको छ ।

त्यस्तै कोरोना भाइरस कोभिड-१९ बाट आज थप ११ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य काठमाडौँ उपत्यकाका ७ सय ६७ जना रहेका छन । जसमध्य काठमाडौँमा ६०२, ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना रहेका छन ।

यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ६५ हजार २७६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ५ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या ४७ हजार २३८ जना रहेको छ ।

Related Articles

Back to top button