समाचार

नमरुञ्जेलसम्म कुलमानलाई नै दिनुपर्छ भनेको हैन, अब एक चोटी दोहोर्याउनुपर्छ : माधव नेपाल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता, प्रतिनिधिसभा सदस्य तथा पूर्व प्रधानमन्त्री माधवकुमार ।

नेपालले नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा निवर्तमान कार्यकारी प्रमुख कुलमान घिसिङलाईनै निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।

प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

सरकारले कुलमानलाई प्राधिकरणको नेतृत्वमा पूनः नियुक्ती गर्नुपर्ने आम जनताको मागलाई सकारात्मक रुपमा सम्बोधन गर्छ भन्नेमा आफू विश्वस्त रहेको पनि ।

नेता नेपालले जिकिर गरे । कुराकानीको क्रममा नेता नेपालले भनेका छन्,”कुलमान घिसिङले उहाँले आफ्नो काम, योग्यता र क्षमता देखाउनुभयो ।

त्यही योग्यता र क्षमताको आम जनताले बडो सकारात्मक ढंगले मूल्यांकन गरिरहेका छन् ।

तपाईलाई आशा पनि छ वर्तमान सरकारले पनि उहाँको यथोचित मुल्यांकन गरेर फेरि पनि एकपटको निम्ति जिम्मेवारी दिनेछ ।

सधैंभरि नै जिम्मेवारी दिनुपर्छ भनेर म ठान्दिन् । नमरुञ्जेल सम्म दिने कुरा त कम्युनिष्ट पार्टीमा त नमरुञ्जेलसम्म हुँदैन् ।
तर, यसपटकको निम्ति आईरहेको जुन माग हो, ।

त्यसलाई सकारात्मक रुपमा सम्बोधन गर्दाखेरि अहिले विद्युत क्षेत्रमा देखापरेको जुन नेतृत्वको चूनौति छ, त्यसलाई हल गर्न सकिन्छ ।

नेता नेपालले कुलमानका काममा पनि केही त्रुटिहरु रहेको सुनाउँदै आफूले भेटेरै ती कुलमानसँग सेयर गर्ने स्पष्ट पारेका छन् ।स्वदेश नेपाल ड्ट्कम बाट साभार

 

Related Articles

Back to top button