गर्भमा छोरी रहेको शंकामा आफ्नी श्रीमतिकी पेट हँसियाले चिरिदिए
काठमाडौं । गर्भमा रहेको शिशु छोरी रहेको शंकामा भारतको उत्तर प्रदेशमा एक व्यक्तिले आफ्नी श्रीमतिकी पेट हँसियाले काटिदिएका छन् । बदायूंका प्रहरी वरिष्ठ उपरीक्षक संकल्प शर्माले सिविल लाइंस थाना क्षेत्रको नेकपुरमा बस्ने पन्नालालले श्रीमति अनिताको पेट हँसियाले काटिदिएको जानकारी दिनुभयो ।
अनिताको परिवारले पन्नालाले गर्भमा रहेको शिशु छोरा/छोरी रहेको हेर्नका लागि श्रीमतिको पेट चिरिदिएको आरोप लगाएका छन् । अनिताको अवस्था गम्भिर रहेको र हाल दिल्लीको एक अस्पतालमा उपचार भइरहेको छ ।
तर पन्नालालले भने आफुले श्रीमतिलाई कुटपिट गरेको र आवेगमा हँसियाले हानेको भएपनि छोरी हुनसक्ने कारणले आफुले आक्रमण नगरेको जिकिर गरेका छन् । आफुले यसअघि पनि पटक–पटक श्रीमतिलाई कुटपिट गर्ने गरेको स्विकारेका छन् । प्रहरीले आइपीसीको धारा ३०७ बमोजिम पन्नालालमाथि मुद्धा चलाउने जनाएको छ ।
५ छोरी रहेको पन्नालाल अहिलेको शिशुपनि छोरी रहेको हेर्न चाहदैन थिए । अनिताकी बहिनीले प्रहरीलाई दिएको बयानअनुसार पन्नालाल यसपटकको शिशु छोरा भएको हेर्न चाहेका थिए र यसैकै निहुँमा पन्नालाल दम्पतिबीच झगडा भइरहन्थ्यो । शनिबार अनितालाई हँसियाले आक्रमण गर्नुअघि बेस्सरी पिटेका थिए र पछि हँसियाले पेट चिरिदिएका थिए ।
BBC