चाहेको सबै पूरा हुनेछ, जानकी मन्दिरको दर्शन गर्नुहोस्!
संघीय नेपालको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलगत्तै प्राचीन जनकपुर शहरलाई प्रदेश नम्बर २ को छायाँ राजधानी को रूपमा हेरिएको छ । छायाँ यो अर्थमा की यसको अहिलेसम्म घोषणा भएको छैन ।
त्यसो त नेपाल प्रहरी र राष्टबैंक सहित विभिन्न सरकारी निकायहरूको जनकपुरमा न प्रदेशको प्रमुख कार्यालय स्थापना भइसकेको छ भने अझै हुने क्रम जारी छ ।
तसर्थ जनकपुरलाई सीधै प्रदेश नम्बर २ को राजधानी भन्दा अनुपुयुक्त नहोला । त्यसो त, यसको आफ्नै विशेष परिचय छ, जुन अझै पनि चिनाउनुपर्ने खासै जरुरी छैन । जनकपुर धार्मिक र सांस्कृतिक जगमा उभिएको प्राचीन नगरी हो ।
प्राचीनकालमा मिथिला, विदेह र तिरभुक्ति पनि भनिने जनकपुर जनकवंशी राजाहरूको राजधानी पनि थियो । यसबारे रामायण, वेद, पुराणलगायत उपनिषद्मा र मिथिलाको उन्नत सभ्यताबारे व्याख्या गरिएको छ ।
जनकपुरको चार दिशामा द्वारपालका रूपमा शिव मन्दिर छ । पूर्वमा मिथिलेश्वर, पश्चिममा जलेश्वर, उत्तरमा छिरेश्वर र दक्षिणमा कल्याणेश्वर ।
जनकपुरको मुटु मानिने ‘जनकचोक’बाट सीधै अगाडितिर हेरियो भने देखिन्छ— नीलो आकाशमुनि रंगीन देखिने, भव्य र कलात्मक दरबार ।
हेरिरहूँ लाग्ने मुगल र राजपुतना शैलीमा बनेको दरबार । मन्दिर को गर्भगृहमा मूर्ति छ । टिकमगढ, भारतकी महारानी भानुवृष कुँवरीले बनाउन लगाएकी दरबार जुन जानकी मन्दिर भयो । प्रेम उपहारको रूपमा बनाइएको थियो ।
उक्त दरबार । मन्दिरको अगाडि राखिएको साइनबोर्डमा लेखिएको कुरा पढ्ने हो भने विसं १९५२ मा मन्दिर शिल्यान्यास गरिएको थियो ।
विसं १९६७ मा मन्दिर पूरा भयो । विशाल मन्दिर बनेको एक सय २१ वर्ष भइसक्यो । त्यसअघि भारतबाट आएका सन्तद्वय शुर किशोर दासले जानकी मन्दिर र चतुर्भूज गिरिले राम मन्दिर बनाएका थिए ।
पछि भानु कुँवरीले जानकी मन्दिर बनाइदिएझैं जनरल अमरसिंह थापाले ठूलो राम मन्दिर बनाएका थिए । जानकी मन्दिरको शतवार्षिकी २०५१ सालमा मनाइयो ।
मन्दिरका महन्थ रामतपेश्वर दासको कक्षमा सन्त तस्बिरको हारमा महारानी भानु कुँवरी पनि छन् । उनी छोरा लिएर प्रसन्न मुद्रामा बसेकी छन् भने साथमा राजा प्रताप सिंह ।
मन्दिरमा बिहान ७ बजे र बेलुका ८ बजे आरती हुन्छ । दिउँसो १२ देखि ४ बजेसम्म गर्भगृहको ढोका खुल्दैन । त्यहाँ पुग्दा दर्शनार्थीको भीड थियो । हाम्रो साथमा फूल, अक्षता, धुप केही थिएन । मनफूल चढायौं ।
गर्भगृहपछाडि सांस्कृतिक संग्रहालय छ । त्यसले हलेश्वरी महायज्ञ भएर सीता फेला परेदेखि सीतारामको विवाह भएकोसम्म झल्काउँछ । भुइँतलामा पुराना गहना र भेषभूषा छन् ।
मन्दिर प्राङ्गणमा फन्को लगाउँदा मजजाको भजन सुन्न पाइन्छ । भक्तजनहरू सीताराम, सीताराम ! गाइरहेका देखिन्छन् ।
जनकपुरमा नेपालीभन्दा भारतीय बढी आउँछन् । जानकी मन्दिर, राम मन्दिर ।
जनक मन्दिर र विवाह मण्डप घुमेर फर्कन्छन् । तीन–चार घण्टा बिताउँछन् । जब कि दुई रात सजिलै बसेर घुम्न घुमफिर प्याकेज बनाउन सकिन्छ ।
रामले धनुष तोडेको रंगभूमि मैदान, जानकी मन्दिर, विवाह भएको ठाउँ मणिमण्डप, धनुषको टुक्रा खसेको ठाउँ धनुषाधाम, तलाउ र जलेश्वर मन्दिरलगायत समेट्न सकिन्छ ।
भारतीय सीमा ।
जटही ११ किमि र भित्तामोड १९ किमि दुरीमा छ । सडक व्यवस्थित भए तीर्थालु बढ्छन् । विवाह पञ्चमीमा लाखौं भारतीय आउँछन् ।
त्यसबाहेक झुला महोत्सव, दशहरा, छठ र मिथिला परिक्रमाका बेला ठूलो मेला लाग्छ ।