सबैभन्दा ठूलो मानपदवी सुप्रसिद्ध प्रबल जनसेवा श्री(प्रथम)डाक्टर सन्दुक रुइतलाई प्रदान
काठमाण्डाै संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ सय ९४ जनालाई विभूषण प्रदान गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसका आधारमा भण्डारीले विभूषण प्रदान गर्नुभएकाे राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस वर्षको सबैभन्दा ठूलो मानपदवी सुप्रसिद्ध प्रबल जनसेवा श्री(प्रथम)डाक्टर सन्दुक रुइतलाई प्रदान गरिनेछ ।
यस्तै प्रसिद्ध प्रबल जनसेवा द्वितीय ४,सुकीर्तिमय राष्ट्रद्वीप तृतीय ७, सु-प्रबल जनसेवा तृतीय ८७,कीर्तिमय राष्ट्रद्वीप चतुर्थ ८ प्रबल जनसेवा श्री चतुर्थ २ सय ४२ र जनसेवा श्री १०४ जनाले पाएका छन् । यस्तै विभिन्न विभूषणसहितको अलङ्कार १ सय १४ र पदक २७ जनाले पाएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिनुभयो ।
उनीहरुलाई आगामी नयाँ वर्ष २०७८ वैशाख १ गते राष्ट्रपतिले तक्मा प्रदान गर्ने कार्यक्रम रहेको छ । तिलगंगा आँखा अस्पतालका संस्थापक डा.सन्दुक रुइतले एसियाली र अफ्रिकी मुलुकमा गरेर झन्डै डेढ लाख दृष्टिहीन मानिसलाई आँखा देख्ने बनाइदिएका छन् ।
enews nepali