यी ३ याेगमा जन्मिएका मानिसलाई धन, वृद्धि र लक्ष्मीको कृपा सधै रहन्छ…
मानिसले जीवनकाे हरेक पाइला पाइलामा संघर्ष गरिरहेका हुन्छन् । कुनै मानिसहरु यस्ताे ग्रहयाेगमा जन्मिएका हुन्छन उनीहरुको जीवनमा सम्पूर्ण सुख- सुबिधासहितको आरामदायीक राजर्षी जीवन बिताइरहेका हुन्छन् ।
यस्ता मानिसहरूलाई धनादृष्टादी महालक्ष्मी, बलादृष्टादी महाकाली र ज्ञानादृष्टादी महासरस्वतीकाे पूर्णरूपमा दृष्टि तथा कृपा नित्य रुपमा भैरहेकाे हुन्छ । जस्काे जीवनमा बल,बुद्धि र लक्ष्मीकाे तालमेल बनिरहेकाे हुन्छ ज्याेतिषीय सिद्धान्तमा त्येसलाई शक्तिशाली राजयाेग भनेर व्याख्या गरिएको छ ।
राजयाेगमा जन्मलिएका मानिसहरूले राज्यकाे महत्त्वपूर्ण कार्यकाे जिम्मेवारी प्राप्त गर्ने हैसियत राख्दछन् र गरिरहेका हुन्छन् । शताब्दीमा एकपटक मात्रै आउने राजयाेग जुन याेगमा जन्म भइहालेता पनि जाे काेहीले थाम्न भने सकिरहेका हुदैनन् थाेरै कममानिसहरुले मात्रै शक्तिशाली राजयाेग थाम्न सक्दछन् जसले थाम्न सक्याे त्याे शक्तिशाली रुपमा रहेर सम्पूर्ण प्रजाकाे हितमा कार्य गरिरहेका हुन्छन् ।
योगहरूको राजा हो राजा योग ज्याेतिषका सिद्ध ग्रन्थहरुमा विधिवत व्याख्या गरिएको छ। ज्योतिषमा ३२ प्रकारका राजयोग लाई शक्तिशाली याेगकाे रुपमा परिभाषित गरिएको छ । सामान्यतया यी योगहरू कसैको पनि कुंडलीमा सँगै फेला पर्दैन। यदि ती ३२ प्रकारका राजयाेग मध्ये कुनै पाँच प्रकारकाे याेग मात्रै जातककाे कुण्डलीमा भेटियाे भने जातक चक्रवर्ती विश्व विजयी राजा हुन्छ भनेर शास्त्रमा उल्लेख गरिएको छ ।
निचभंग राजयाेग- शास्त्रमा धेरै प्रभावकारी राजयोग हरुमध्ये निचभंग राजयाेग पनि शक्तिशाली याेगकाे रुपमा उल्लेख गरिएको छ ।कलियुगमा यस्ताे याेगमा जन्मिएका व्यक्तिले राजनीति र प्रशासनको पद सम्हाल्ने गर्दछन्। निचभंग राजा योग ग्रहरुमध्ये जुन ग्रहबाट बन्दछ । साेही ग्रहकाे कार्यक्षेत्र सफल र प्रतिष्ठा प्राप्त गर्दछ ।
गजकेसरी राजयाेग – चन्द्रमा र बृहस्पति ग्रहमिलेर निर्माण हुने गजकेसरी याेग विशेषगरी केन्द्र र त्रीकाेणमा धेरै नै शक्तिशाली हुने गर्दछ । कुण्डलीमा चन्द्रमाकाे सम्बन्ध बृहस्पतिग्रहसंग दृष्टि या युक्तिसंगत भएकाे छ भने शक्तिशाली राजयाेगकाे निर्माण हुन्छ । धेरैजसाे मानिसकाे कुण्डलीमा यस्ताे प्रकारकाे याेग निर्माण हुने गर्दछ । विशेषगरी यस्ताे याेगहुने मानिसहरू राज्यबाट सम्मानित हुने गर्दछन ।