महान चार्ड दशैं नजिकिएको बेला कुखुराको मासुको मूल्य बृद्धि
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाएको निषेधाज्ञाको समयमा निरन्तर रुपमा घट्दै आएको कुखुराको मासुको मूल्य एक सातामा १५ रुपैयाँले बृद्धि भएको छ ।सरकारले लगाएको तीन साता लामो निषेधाज्ञा एक साता अगाडिदेखि अन्त्य भएसँगै उपत्यकामा नेपालीहरुको महान चार्ड दशैं नजिकिएको तथा लकडाउन तथा निषेधाज्ञाको अन्त्यले होटल तथा रेस्टुरेण्टहरू सञ्चालनमा आएको र सोह्रश्राद्ध पनि सकिएकाले बजारमा कुखुराको खपत बढ्न थालेकाले बजारमा यही मौका व्यवसायीले बोइलर कुखुराको मासुको मूल्यबृद्धि गरेका छन् ।पछिल्लो दुई महिनादेखि उपभोक्ताले बजारमा खाद्यबस्तु तथा तरकारीको मूल्य बढी रहेको छ । एक सातादेखि भारतबाट आयात हुने प्याज भारतले प्रतिबन्ध लगाएकाले नेपाली बजारमा प्याजको मूल्यबृद्धि तथा कालोबजारी समेत बढेको छ भने उपभोक्ता मूल्यबृद्धिको मारमा परेका छन्
Alertkhabar