समाचार

नौ वर्षीय बालकको हत्या, हत्यामा संलग्न भएको आरोपमा एकजना पक्राउ

अछामको साँफेबगर नगरपालिका–९ बुढाकोट बस्ने नौ वर्षीय हिमाल बिकको ह’त्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा सोही वडा बस्ने ४० वर्षीय गणेश सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख तथा प्रहरी निरीक्षक नरपति भट्टका अनुसार मृतक बालकको मुख र टाउकोमा चो’ट लागेको छ ।

सुनारले किन बालकको ह’त्या गरे त्यो विषयमा केही नखुलेको प्रहरीले जनाएको छ । ह’त्यामा संलग्न भनि पक्राउ परेका सुनारलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख भट्टले जानकारी दिनुभयो । मृतक बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसैनमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

source: sajha page

Related Articles

Back to top button