समाचार
काठमाडाैँतर्फ आइरहेकाे एक ट्यांकर त्रिशूली नदीमा खस्याे, पानीमै लाग्याे आगाे
काठमाडौं, ४ असाेज । पेट्रोल बोकेर काठमाडाैँतर्फ आइरहेकाे एक ट्यांकर त्रिशूली नदीमा खसेकाे बताइएकाे छ । ट्यांकर नदीमा खसेपछि पानीमै आगलागी भएको छ ।
ना ४ ख २८२२ नम्बरको उक्त ट्यांकर आइतबार बिहान करिब २ बजेतिर त्रिशूलीमा खसेकाे जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ । धादिङको गल्छी गाउँपालिका– ६ चरौंदीबाट त्रिशूलीमा खसेर आगाे लागेकाे भए पनि दमकलको सहायताले आगो निभाइसकेकाे बताइएकाे छ ।
प्रहरीका अनुसार ट्यांकर चालक र सहचालक प्रहरीको सम्पर्कमा आइसकेका छन् भने उद्धार कार्य भइरहेको छ ।