समाचार

विवेकशील साझाले खाता खोल्दै बारामा जित्यो वडाध्यक्ष

विवेकशील साझा पार्टीले बाराको फेटा गाउँपालिकामा वडाध्यक्ष जित्दै खाता खोलेको छ।

साझा पार्टीका हमजा ठाकुराई ५९१ मतसहित वडा नम्बर ६ को वडाध्यक्ष चुनिएका हुन्।उनका प्रतिस्पर्धी नेकपा एमालेका जाकिर हुसेन मियाले ४५७ मत ल्याएका छन्।

फेटाको मेयरमा विवेकशील साझाकै रुस्तम अंसारीको अग्रता रहेको छ। उनी २२५८ मतसहित अगाडि छन्।

निकटम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका मदनप्रसाद साह कानूको १४६६ मत छ।

यस्तै जनता समाजवादी पार्टीका रामएकवाल प्रसाद तेली १०९१ मतसहित तेस्रो स्थानमा छन्।

अघिल्लो निर्वाचनमा फेटामा कांग्रेसका रुस्तम अंसारीले जितेका थिए। त्योबेला कांग्रेसमा रहेका अंसारी पछि विवेकशील साझामा प्रवेश गरेका हुन्। setopati

 

Related Articles

Back to top button