समाचार

इटहरीमा श्री नारायण चौधरी सहित नेकपा एमालेको प्यानलै विजयी

सुनसरी | इटहरी उपमहानगरपालिका वडा नम्बर-१९ मा नेकपा एमालेको प्यानल सहित नेकपा एमालेका श्री नारायण चौधरीले १,८८१ मत प्राप्त गर्दै विजयी भएका छन् ।

-विज्ञापन-

निर्वाचन अधिकृतको कार्यालय इटहरीका अनुसार उनका प्रतिद्वन्दी नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार दुर्गाप्रसाद पौडेलले १,७९२ मत पाएका थिय ।

गत ०७४ को निर्वाचनमा पनि चौधरी उनै पौडेललाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका थिए । यता, महिला सदस्यमा १,९०७ दलित महिला सदस्यमा १,८०६, खुल्ला सदस्यमा १,७६८ र खुल्ला सदस्यमा १,८६५ मत प्राप्त गर्दै विजयी भएका छन् ।

000

भरतपुरमा अत्याधिक मतले रेनु दाहाल अगाडि

चितवन — भरतपुर महानगरपालिकाको पाँचवटा वडाको २१ हजार ७ सय ५४ मत गनिसक्दा मेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले नेकपा एमालेका विजय सुवेदीले भन्दा ३७३ मत बढी ल्याएकी छिन् ।

पाँच नम्बर वडाको गणना सकिँदा मतान्तर अलि फराकिलो हुन थालेको हो । यसअघि सय, ५० या त्योभन्दा पनि झिनो मतान्तर रहने गर्दथ्यो । दाहालले ७ हजार ४ सय ७१ र सुवेदीले ७ हजार ९८ मत ल्याएका छन् ।

मेयर पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ३ हजार ६ सय ३ मत आएको छ । वडा नम्बर पाँचमा नेपाली कांग्रेसका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् । अघिल्लो पटक यो वडामा नेकपा एमाले विजयी भएको थियो ।

योसँगै भरतपुरमा हालसम्म कांग्रेसले चार र एमालेले एक वडामा वडाध्यक्ष जितेको छ । एमालेले अघिल्लो पटक जितेका ३ वटा वडामा पराजय भोगेको छ । अब गणना हुने वडा नम्बर ६ सत्तारुढ गठबन्धनका कांग्रेस र नेकपा माओवादी दुवैको राम्रो प्रभाव रहेको वडा हो । त्यसैले मतान्तर झनै फराकिलो हुने आकलन गरिएको छ । २९ वटा वडाहरू रहेको भरतपुर महानगरपालिकामा १ लाख २७ हजार ८३९ मत खसेको छ ।

Related Articles

Back to top button