समाचार
बुर्ज खालिफामा आज राति नेपाली झण्डा फहराउने
काठमाडौं, ३ असोज । नेपालले विश्वकै सबैभन्दा अग्लो भवन दुबईको बुर्ज खालिफामा आज राति नेपाली झण्डा फहराउने भएको छ ।
आबुधाबीस्थित नेपाली दूतावासका अनुसार नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शनिबार राति यूएईको दुबईमा रहेको विश्वकै अग्लो भवनमा नेपाली झण्डा फहराउन लागिएको हो । बुर्ज खलिफामा नेपाली झण्डा फहराउन लागिएको यो दोस्रो पटक हो ।
यसअघि अघिल्लो वर्ष पनि संविधान दिवसको अवसरमा नेपालले बुर्ज खालिफामा आफ्नो राष्ट्रिय झण्डा फहराएको थियो । यूएईको स्थानीय समयअनुसार राति ८ बजे ९ नेपाली समय ९ बजेर ४५ मिनेटमा झण्डा फहराउन लागिएको दूतावासले जनाएको छ ।
त्यस्तै सोही समयमै आबुधाबीस्थित नेशनल आयल कम्पनीको भवनमा समेत नेपाली झण्डा झलमलाउन लागिएको दूतावासले जनाएको छ ।
source: news24