समाचार

काठमाडौंमा ६ हजार बढी मतले बालेनको अग्रता, ८ वडाको गणनामा बालेनले कहाँ कति मत पाए ?

राति १०:१० बजेसम्म ३३ हजार ९२६ मत गणना हुँदा बालेनले १३ हजार १८९ मत प्राप्त गरेका छन्।

त्यसैगरी एमालेका केशव स्थापितले ७ हजार १०६ मत प्राप्त गरेका छन्।

कांग्रेसकी सिर्जना सिंहले ६ हजार २४७ मत प्राप्त गरेकी छन्। उनी बालेनभन्दा ६ हजार ९४२ मतले पछाडि छिन्।

काठमाडौंको १ र २ नम्बर वडाको मत गणना सकिएर दुबै वडा एमालेले जितेको छ।

अहिले ३, ४, ५, ६, २९, ३०, ३१ र ३२ नम्बर वडाको गणना भइरहेको छ।

गणना भइसकेको १ र २ नम्बर वडामा बालेनले ७८३ र १२१५ मत प्राप्त गरेका छन्।

गणना भइरहेको वडाहरु ३ मा १९२६, ४ मा २४८२, ५ मा १२५२, ६ मा ८८०, २९ मा ११९, ३० मा ३७३, ३१ मा १४४१ र ३२ मा २७१८ मत प्राप्त गरेका छन्। अहिले सम्म गणना भइसकेको र भइरहेको १० वडामा सबैमा स्थापित र सिंहभन्दा बालेन नै धेरै मत ल्याएका छन्।

Related Articles

Back to top button