समाचार

धनकुटा नगरपालिकामा कांग्रेस-माओवादी गठबन्धनलाई १४ मतले हराउँदै एमालेको जित

काठमाडौं । धनकुटा नगरपालिकाको मेयरमा नेकपा एमालेका चिन्तन तामाङ विजयी भएका छन्।कांग्रेस–माओवादी गठबन्धनतर्फबाट कांग्रेस उम्मेदवार दिनेश राईलाई पछि पार्दै तामाङ मेयरमा निर्वाचित भएका छन्।

तामाङले ७६६६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। निकटतम प्रतिद्वन्द्वी राई १४ मतले पछि परे। राईले ७६५२ मत प्राप्त गरे। उपमेयर पनि एमालकै भीमादेवी खनाल निर्वाचित हुन सफल भइन्। उनले ७१९६ मत प्राप्त गरिन्। माओवादी केन्द्रका उपमेयर उम्मेदवार गणेशबहादुर विष्टले ६६२९ मत प्राप्त गरे।

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले भक्तपुरमा टिकट वितरण प्रक्रियामै कमजोरी भएकोले आफूहरू असफल भएको प्रतिक्रिया जनाएका छन् । ‘एमालेविरुद्ध सबै दलहरू गठबन्धन बनाएर लागेका बेला पनि हामी भक्तपुरमा पुरानो हैसियत कायम गर्ने उद्देश्यले लागेका थियौं’‚ बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘टिकट वितरण प्रक्रियामा देखिएका

असन्तुष्टि मिलाउन नसक्दा, जनतामा हाम्रा बारेमा फिँजाइएका भ्रम समयमा चिर्न नसक्दा, निर्वाचित जनप्रतिनिधिहरूका बारेमा गरिएका कु–प्रचार तोड्न सकेनौँ ।’

जनताको अपार समर्थनलाई संगठित रूपमा पार्टीकरण गर्न नसक्दा, इतिहासमै नभएको विकास र गतिविधि गर्दा पनि मध्यपुर थिमि नगरपालिका १, २,५ वडामा अध्यक्ष पराजित भएर मिश्रित परिणाम आएको उल्लेख गरेका छन् । उनले प्रमुख र उपप्रमुखमा मत घटेकाले लगभग हारको नजिक पुगिएको बताएका छन् ।

Related Articles

Back to top button