समाचार

प्रचण्डको क्षेत्र माडीको मेयरमा एमाले विजयी

काठमाडौं । चितवनको माडी नगरपालिकाको मेयरमा नेकपा एमालेकी उम्मेदवार ताराकुमारी काजी महतो निर्वाचित भएकी छन् । सो क्षेत्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र हो ।

महतोले कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार ऋषि काफ्लेलाई २ हजा १७२ मतको फराकिलो अन्तरले पराजित गरेकी हुन् । महतोले ९ हजार ९०१ मत ल्याउँदा काफ्लेले ७ हजार ७२९ मत ल्याए ।

काठमाडौं । नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले देशमा भएका ठूला ठूला पार्टीहरू मिलेर एमालेको लोकप्रियता कमजोर बनाएर हराएको टिप्पणी गरेका छन्।लमजुङमा आयोजित एक कार्यक्रममा बोल्दै गुरुङ प्रतिक्रियावादीहरुले एमालेलाई कमजोर बनाउन खोजेपनि गण्डकीमा पहिलो नम्बर पार्टी भएको दाबी गरे।

सत्तामा बसेर पैसाको खोलो बगाएर गठबन्धनका दलहरुले चुनाव जितेको बताए। पैसाको दुरुपयोग गरेर प्रहरी प्रशासनको सेटिङमा चुनाव जितेको गुरुङले आरोप लगाए।‘सेटिङ गरेर गठबन्धन उम्मेदवार जिताउने काम भयो। सत्ताको दुरुपयोग गरेर पैसाको खोलो बगाएर जनतालाई किन्ने प्रयास भयो।

प्रहरी प्रशासन दुरुपयोग गरेर सेटिङ गरियो’ गुरुङले भने, ‘तर एमाले पैसा होइन विचार र राजनीतिलाई महत्व दिन्छ। इमान निष्ठालाई ध्यान दिन्छ।’

Related Articles

Back to top button