राशिफल

भोलि जेठ ०१ गते आइतबार, यस्तो छ तपाईको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :
सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने वैदेशिक क्षेत्रका अधुरा काम बन्नेछन् । साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नपर्ला । निर्णय गलत ठाउँमा पर्न सक्छ । कडा प्रायस गरेपनि सफलता हात नलाग्न सक्छ । साथै, बादविवाद हुन सक्छ । कामको बोझले थाकेको महसुस होला । घर गृहस्थीमा भने समस्या आउन सक्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :
शिक्षा क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । ब्यापारबाट सोचे झैं लाभ हुनेछ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :
भौतिक सुख सुविधाको साधन प्राप्ति हुनेछ । शिक्षा क्षेत्र शुभ रहेको छ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्नेछ, यसले मान प्रतिस्ठामा राम्रो हुनेछ । काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :
आरामदायी यात्रामा रमाइलो हुनेछ । बोलीमा सजगता नअपनाए झूटा आरोप लाग्न सक्छ । परिवारबाट टाढा बस्नुपर्ने छ । साथै, साहित्यिक कार्यमा मन जाने छ । सोच्दै नसोचेको स्थानबाट लाभ हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :
पेटको खराबीले सताउला । पढाइ लेखाइमा पनि ध्यान दिन नसकिएला । पिडा दिनेहरु सक्रिय रहन सक्छन्, एकदमै सावधान रहनु होला । खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) :
आर्थिक पक्ष सबल बन्नेछ । चुनौतीहरू सजिलै पार लाग्नेछन् । बुद्धि बिबेकले राम्रो काम गर्नेछ । अनायासै ठिक निर्णय हुनेछ । घरमा पाहुना आगमनको योग छ । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :
व्यापार व्यवसायमा फाइदा हुनेछ । प्रतिस्पर्धीहरू पराजित हुनेछन् । आँटे गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा हुने देखिन्छ । अचानक उपहार मिल्ने योग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :
मित्र वर्गबाट साथ सहयोग पाइनेछ । सामाजिक एवम् राजनैतिक क्षेत्रमा गरेको योगदानले मान सम्मान मिल्ला । घरायसी समस्याले सताए पनि गरेका कार्य सफल हुनाले गर्दा मन सन्तुष्ठ रहने छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :
नयाँ काम सुरु गर्ने समय छ । खर्चको मात्रा भने बढ्न सक्छ । काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुने सक्छ, सावधान रहनु होला । स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :
स्वास्थ्यमा देखिने समस्याले नियमित काम एवम् पढाइ लेखाइ प्रभावित हुने सम्भावना छ । काम गर्नमा नै समय बिताए मन खुशी नै रहे पनि सोचे जती फाइदा हुने छैन । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । बन्न लागेको काम बिग्रन सक्छ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :
कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । ब्यवसायबाट भने लाभ हुने समय छ । नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धन लाभ हुनेछ । आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।

वैशाख ३१ देखि जेठ ६ गतेसम्म कस्तो रहला तपाईको दिन, हेर्नुहोस् राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता नयाँ कार्यको योजना बन्नेछ र ताकेको कार्य पुरा होला । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । मध्य सातामा मनमा निराशा र शरीरमा आलस्य आउला । सौन्दर्यतामा धन खर्च हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो सातामा महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । अतिथिको रूपमा सत्कार पाइनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । पुँजी बजार या वित्तीय संस्थाबाट राम्रै लाभ मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता पुनर्मिलनको योग रहेको छ । पार्टी, पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शेयर बजारले पनि साथ दिनेछ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी झमेलामा पनि परिएला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता रमाइलो यात्राको योग रहेको छ । आँटेको र ताकेको कार्य पुरा होला । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता सामाजिक र राजनीति कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । शेयरको कारोबारबाट सफलता मिल्नेछ । यात्रा र घुमफिरको योग पनि छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो समय निकै उत्साहजनक रहनेछ मनोरञ्जनमा सहभागिता भइएला । प्राविधिक काममा सफलता मिल्नेछ । धर्म कर्म तथा समाजसेवामा मन लाग्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बुधबारबाट प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रन सक्छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको प्रारम्भिक दिनमा स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्न सक्छ । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । सोमबारबाट कुनै कुराले मनमा शान्ति छाउनेछ । लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता दाजुभाइ, दिदीबहिनीले तपाईँका सकारात्मक विचारलाई समर्थन गर्नेछन् । कूटनीतिक नियोगको सहयोग मिल्ने देखिन्छ । शिक्षामा सफलता पनि मिल्नेछ । साताको उत्तरार्धमा प्रतिद्वन्दी हरूले कार्यमा अवरोध ल्याउन सक्छन् । पुँजी बजारले पनि साथ नदेला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो हप्ता कुनै समाचार सुन्नाले मनमा शान्ति छाउला । नसोचेको ठाउँबाट धन आर्जन हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । कला साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । प्रेमीको सहयोग पनि पाइनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता शुभकार्यको चर्चा चल्नेछ । रमाइलो यात्राको योग रहेको छ । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । नयाँ कामको थालनी र व्यापार व्यवसायमा सफलता पाइनेछ । साताको मध्यमा नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छन् ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता सहकर्मीबाट विरोध आउला । आर्थिक कारोबारमा विवाद आउनेछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बुधवारबाट इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आकस्मिक धन लाभ हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो सातामा मिश्रित फल मिल्नेछ । आर्थिक झन्झट आइलाग्न सक्छ, तर अन्तिममा कार्य सम्पादन हुनेछ । स्वास्थ्यको क्षेत्रमा पनि प्रतिकूल हुने देखिन्छ । मध्य साताबाट धर्म तथा समाजसेवामा मन लाग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । (अधिक जानकारीका लागि 977-9849559502)

Related Articles

Back to top button
Close