समाचार

कांग्रेस-एमाले गठबन्धनलाई पछि पार्दै कुमाख-१ मा माओवादीको प्यानलै विजयी

सल्यान । सल्यानको कुमाख गाउँपालिका–१ मा माओवादी केन्द्रका डिल्ली राना विजयी भएका छन् । उनले ६०८ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार प्रेमबहादुर बुढाथोकीले ४८० मत प्राप्त गरे ।

महिला वडा सदस्य, दलित महिला वडा सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् ।

थवाङ ५ मा कांग्रेस-एमाले-विप्लव गठबन्धनलाई पराजित गर्दै माओवादीको प्यानलै विजयी

काठमाडौं । नेकपा माओवादी केन्द्रले जनयुद्वको लालकिल्ला रोल्पा थवाङमा खाता खोलेको छ ।

थवाङ गाउँपालिका–५ मा नेपाली कांग्रेस, नेकपा एमाले र विप्लव नेकपा गठबन्धनलाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार गोबर्धन घर्ती मगर प्यानलसहित विजयी भएको अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले जानकारी दिए ।

Related Articles

Back to top button
Close