समाचार

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कुलमान घिसिङलाईनै निरन्तरता दिनुपर्नेमा जोड दिए

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता, प्रतिनिधिसभा सदस्य तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा निवर्तमान कार्यकारी प्रमुख कुलमान घिसिङलाईनै निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता नेपालले यस्तो बताएका हुन् । सरकारले कुलमानलाई प्राधिकरणको नेतृत्वमा पूनः नियुक्ती गर्नुपर्ने आम जनताको मागलाई सकारात्मक रुपमा सम्बोधन गर्छ भन्नेमा आफू विश्वस्त रहेको पनि नेता नेपालले जिकिर गरे ।

थप उनले भने,”सधैंभरि नै जिम्मेवारी दिनुपर्छ भनेर म ठान्दिन् । नमरुञ्जेलसम्म दिने कुरा त कम्युनिष्ट पार्टीमा त नमरुञ्जेलसम्म हुँदैन् । तर, यसपटकको निम्ति आईरहेको जुन माग हो, त्यसलाई सकारात्मक रुपमा सम्बोधन गर्दाखेरि अहिले विद्युत क्षेत्रमा देखापरेको जुन नेतृत्वको चूनौति छ, त्यसलाई हल गर्न सकिन्छ ।”

नेता नेपालले कुलमानका काममा पनि केही त्रुटिहरु रहेको सुनाउँदै आफूले भेटेरै ती कुलमानसँग सेयर गर्ने स्पष्ट पारेका छन् । कुलमानको काम देखेर उनलाई कम्तिमा एक कार्यकाम प्राधिकरणको नेतृत्व दिइनुपर्ने उनले स्पष्ट पारे।

कुलमानले आफ्नो क्षमता देखाइसकेको हुँदा कुलमाननै सबै भन्दा राम्रो व्यक्ति हुने उनको भनाई छ।

SOURCE; LEADER POST

Related Articles

Back to top button