समाचार

सामान्य जोरो आएर अस्पतालमा भर्ना भएकी चन्द्रमा राईको निधन

भोजपुर । हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन भएको छ । ४७ वर्षीया उपाध्यक्ष राईको शुक्रबार राति ३ बजे निधन भएको हो ।गत भदौ २९ गतेदेखि सामान्य ज्वरो आएपछि प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा उपचार हुन नसकेपछि वीपी स्वास्थ्य विज्ञा प्रतिष्ठान रेफर गरिएकाे थियो ।

असोज १ गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि भर्ना गरिएकोमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएकाे हतुवागढी गाउँपालिकाले जनाएकाे छ ।

गाउँमा बिरामी परेपछि सुरुमा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराएकी उनलाई थप उपचारका लागि विराटनगर लगिएको हतुवागढी गाउँपालिकाका प्रमुख प्रेमकुमार राईले बताए । अध्यक्ष राईका अनुसार उनी सामान्य ज्वरो र पखालाबाट बिरामी परेकी थिइन्। बिरामी भएपछि जन्डिससमेत देखिएर गम्भीर बिरामी भएकी उपाध्यक्ष राईलाई तत्कालै विराटनगर लगिएको थियो। राई तत्कालीन नेकपा एमालेबाट उपाध्यक्षमा विजयी भएकी थिइन् । राईको निधनमा गाउँपालिकाले दुस्ख व्यक्त गरेको छ।

source: nepali surya

Related Articles

Back to top button