समाचार

भो’लिबाट! देशभर दैनिक साढे ९ घण्टा सम्म लोडसेडिङ हुन सक्छ

नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि दैनिक साढे ९ घण्टासम्म लोडसेडिङ गर्ने भएको छ । प्राधिकरणले लोडसेडिङ्ग परिवर्तन सम्बन्धी एक सार्वजनिक सूचना जारी गरी दैनिक साढे ९ घण्टासम्म लोडसेडिङ हुने जनाएको हो । यसरी लोडसेडिङ्ग हुँदा सातामा ५७ घण्टाभन्दा बढी विद्युत कटौती हुनेछ यसअघि प्राधिकरणले साप्ताहिक ४४ घण्टा लोडसेडिङ्ग गर्ने गरी तालिका सार्वजनिक गरेको थियो । भारतीय नाकाबन्दीपछि उद्योगमा विद्युत खपत नहुँदा औद्योगिक क्षेत्रमा वितरण गरिएको विद्युत सर्वसाधारण ग्राहकलाई उपलब्ध गराउँदा सातामा १५ घण्टामात्रै लोडसेडिङ्ग भएको थियो ।केहीदिनअघिदेखि अघोषित रुपमा लोडसेडिङ्ग बढाएको प्राधिकरणले माग भन्दा उत्पादन आधा नै कम भएकाले लोडसेडिङ्ग बढाउनुपरेको प्राधिकरणले जनाएको छ । पछिल्ला दिनमा नदीमा पानीको बहाब घटेर विजुली उत्पादनमा ह्रास आएको प्राधिरकणका भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार क्षेत्रीले जानकारी दिए ।वर्षाको समयमा पूर्ण क्षमतामा विद्युत उत्पादन हुने आयोजनाहरुमा अहिले ५५ देखि ६० प्रतिशतमात्रै उत्पादन भइरहेको क्षेत्रीले बताए ।

source: news patrika

Related Articles

Back to top button