समाचार

राजनीति नफापेपछि तरकारी खेतीमा लागिन करिश्मा

लामो समय नेपाली चलचित्र क्षेत्रमा सक्रिय नायिका करिश्मा मानन्धरले ललितपुरमा फार्म हाउस खोलेर तरकारी खेती सुरु गरेकी छिन् ।

उनको फार्म हाउसमा माछा पोखरी सहित विभिन्न जातका तरकारी पाइन्छ । ललितपुरको गाेदामचौरमा दुई वर्षअघिदेखी खेती सुरु गरेकी करिश्माले अघिल्ला वर्ष धान खेती गरेकी थिइन् । ‘धान खेतीबाट खासै राम्रो आम्दानी भएन यसपालीबाट तरकारी खेती सुरु गरेँ ।’ उनले भनिन् ।

कोरोना संक्रमणपछि तरकारी खेती सुरु गरेकी करिश्मा यसपाली पानी धेरै परेकाले तरकारी अलि ढिला भएको बताउछिन् । त्यसो त उनको निवास पनि फार्म हाउस जस्तै छ ।गोदावरी बस्दै आएकी करिश्माको घरमा अहिले पनि अम्बा, आरु, हलुवाबेद, जामुनलगायतका फलफूलका बोट बिरुवा छन् । केही लोकल कुखुरा पनि पालेकी छिन् ।

यो पनि;चर्चित अभिनेत्रीसँग लिभिङ टुगेदरमा बसेर धोका दिएका क्रिकेटर पाण्डे

विश्वको सबैभन्दा बढी फेम र पैसा हुने उद्योग खेल र फिल्म जगत नै हो । कैयौंपटक यी दुई अलग अलग उद्योगबीच प्रेम सम्बन्ध पनि देखिएको छ । कैयौं क्रिकेटर र बलिउडका अभिनेत्रीहरुले विवाह गरेका छन् र वर्तमान अवस्थामा उनीहरु खुशीको जीवन बिताइरहेका छन् । त्यसो त यही क्षेत्रमा यस्ता कैयौं जोडी छन्, जो प्रेम चर्चामा थिए तर विवाहमा पूर्णता दिन सकेनन् ।

हार्दिक पाण्डेय ले मोडल नतासासँग इन्गेजमेन्ट गरे र उनीहरुको एउटा छोरा पनि छ । तर उनीसँग सम्बन्ध रहनुभन्दा अगाडी बलिउडका चर्चित अभिनेत्रीसँग लिभिङ रिलेसनसीपमा बसिसकेका छन् क्रिकेटर पाण्डे ।

भारतमा बलिउडकी अभिनेत्री र क्रिकेटरबीचको रोमान्स निकै पुरानो रहेको छ । कैयौ क्रिकेटरले अभिनेत्रीहरुसँग गरेको रोमान्स सधै समाचारको विषय बनिरहेको हुन्छ । यसै बीच पछिल्लो पटक क्रिकेटर हार्दिक पाण्डेयको रोमान्सको खबर मिडियाका हेडलाइन बन्ने गरेका छन् ।

आफ्नो रोमान्सका कारण हार्दिक मिडियामा छाइरहेका हुन्छन् । केहि समय अघि टेलिभिजन शो कफी विथ करणमा महिला र आफ्ना गर्लफ्रेन्डहरुमाथि गरेको टिप्पणीका कारण निलम्बनमा समेत परेका हार्दिकको नाम विभिन्न अभिनेत्रीहरुसँग जोडिदै आएको छ ।

हार्दिकको नाम उर्वसी राउटेलासँग निकै जोडिएको थियो । दुवैलाई कैयौ पटक रेस्टुरेन्ट बाहिर समेत देखिएको थियो । मिडिया रिपोर्ट अनुसार दुवैको ब्रेकअप पछि हार्दिकले केहि समय अभिनेत्री अमयार दस्तुरसँग डेट गरेका थिए । इमरान हासमीसँग फिल्म मिस्टर एक्समा काम गरेकी अमायारा र हार्दिकको सम्बन्ध खुलेर बाहिर नआएपनि दुवैले करिब एक बर्ष डेट गरेको बताइएको छ ।

हार्दिक सर्बियाकि मोडल तथा अभिनेत्री नताशा स्टेनकोविकसँग अफ्येर्समा रहेको खबर पनि बाहिरिएको थियो । हार्दिक र नताशालाई दुवईमा देखिएको र धेरै जसो दुवैलाई सँगै देख्न थालिएको मिडिया रिपोर्ट प्रकाशित भएका थिए । हार्दिकले नतासालाई आफ्नो परिवारसँग समेत भेट गराएका छन् । नतासाले अहिलेसम्म फिल्ममा काम नगरेपनि नच बलिए, बिग बोस जस्ता रियालिटी शोमा काम गरेकी छन् ।

rosi online

Related Articles

Back to top button