धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट शुक्रबार नेपाल आइपुग्ने
धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट शुक्रबार नेपाल आइपुग्ने भएको छ । भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेल सेट ल्याउने गरी तयारी गरिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो ।
कुनै पनि किसिमका समस्या नआएमा शुक्रबार रेल सेट जनकपुर आइपुग्नेछ । दुई देशको समझदारीअनुसार गर्नुपर्ने हुँदा कानूनी समस्या आउनसक्ने सम्भावना भए पनि सकेसम्म सबै बाधा फुकाइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “उताबाट कुनै समस्या आए पनि हाम्रा तर्फबाट कुनै पनि समस्या छैन ।”
भारतको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको कुर्था–जयनगर खण्डमा रेल सञ्चालनका लागि सेट ल्याइएको हो । आवश्यक कानून बनाएर दशैँ–तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गरिएको होे ।
जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको सो रेलमार्गका भौतिक पूर्वाधार निर्माण भइसकेको छ । कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न हुनेछ र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ । रेल सञ्चालनको जिम्मेवारी रेल्वे कम्पनीको हो । कम्पनीले आवश्यक जनशक्ति भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ । संसद्मा अहिले रेलसम्बन्धी बिधेयक छलफलका क्रममा छ ।
यो पनि
५ स्टार सेफ्टी रेटीङ भएको टाटा अल्ट्रोज नेपालमा सार्बजनिक, कम्पनिले तोक्यो निक्कै आकर्षक मुल्य (सबै भेरिएन्टको मुल्यसहित)
ग्लोबल एनक्यापमा पाच स्टार सेफ्टी रेटीङ पाएको चर्चित प्रिमियम ह्याचब्याक कार टाटा अल्ट्रोज अधिकारिक रुपमा नेपालमा सार्बजनिक भएको छ । नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले बिहिबार डिजिटल प्रविधिबाट अल्ट्रोज सार्बजनिक गरेको हो ।
सार्बजनिक गरेसंगै नेपाल भरका सबै डिलरहरुमार्फत टाटा अल्ट्रोजको बुकिङ्ग खुल्ला गरेको पनि जनाएको छ । नेपालमा ५ स्टार सेफ्टी रेटीङ भएको यो नै पहिलो ह्याचब्याक कार हो । हाल नेपाली बजारमा बिक्रि भइरहेको टाटा कै टियागो पनि ग्लोबल एनक्यापमा ४ स्टार सेफ्टी रेटीङ पाएको ह्याचब्याक हो ।
त्यस्तै टाटा कै कम्प्याक्ट एसयुभी टाटा नेक्सन पनि हाल नेपालमा धेरै रुचाइएको मोडल हो । नेक्सन पनि ग्लोबल एनक्यापमा ५ स्टार सेफ्टी रेटीङ पाएको कार हो । टाटा अल्ट्रोज अल्फा आर्किटेक्चरमा बनेको पहिलो ह्याचव्याक कार हो । यसमा स्ट्राइकिङ्ग डिजाइन, वाइड एरे अफ इण्डष्ट्रिज फस्ट, ग्लोबल एनक्यापमा फाईभ स्टार सेफ्टी रेटिङ्ग, गोल्ड स्ट्यान्डर्ड सेफ्टी, ड्राइभिङ्ग डाइनामिक्स र उत्कृष्ट प्रविधि उपलब्ध रहेको छ ।
यसमा रहेको १.२ लिटरको रेभोट्रन पेट्रोल इन्जिनले ६ हजार आरपीएममा ८६ पीएस पावर र ३३ सय आरपीएममा ११३ एन एम टर्क उत्पादन गर्दछ । यसमा ५ स्पिडको म्यानुअल गियरबक्स रहेको छ । त्यस्तै हाइवेको लागि अति उपयुक्त क्रुज कन्ट्रोल समेत अल्ट्रोजमा रहेको छ ।
अल्ट्रोजमा ९० डिग्रि डोर ओपनिङ्ग, आइडल स्टप/स्टार्ट बटन, अटोमेटिक क्लाइमेट कन्ट्रोल एसि, रेन सेन्सिङ्ग वाइपर, एम्बिन्ट मुड लाइटिङ्ग, अटो हेडल्याम्प र हिडन डोर्स ह्यान्डल लगाएतका उत्कृष्ट विशेषता पाउन सकिन्छ । कम्पनिले सुरुवाती मुल्य टाटा अल्ट्रोज एक्सई भेरिएन्टको मुल्य २९ लाख ९९ हजार तोकेको छ । त्यस्तै अल्ट्रोज एक्सएम भेरिएन्टको मुल्य ३२ लाख ५५ हजार, अल्ट्रोज एक्सटी भेरिएन्टको मुल्य ३५ लाख ५५ हजार, अल्ट्रोज एक्सजेट भेरिएन्टको मुल्य ३८ लाख ५५ हजार तोकेको छ ।
कम्पनिले टाटा अल्ट्रोज नै नेपालमा उपलब्ध सबै भन्दा सुरक्षित कार भएको बताएको छ ।
बिएस६ भर्जनको केटियम ड्यूक २०० र २५० नेपालमा सार्बजनिक (मुल्य सहित)
प्रिमियम रेसरेडी बाइक केटीएमको बीएस ६ इन्जिन युक्त नया मोडलको दुई बाइक ड्यूक २०० र ड्यूक २५० नेपालमा सार्बजनिक भएको छ ।
यी दुई बाइकको बुकिङ भने कम्पनिले यस अघि नै खुलाएको थियो । ग्राहकले ३० हजार रुपैया बुझाएर बुक गरेका थिए । सबै भन्दा सुरुमा बुक गरेका ग्राहकहरुले बाइक डेलिभरी पाउने छन । नेपालमा केटीएम नै पहिलो कम्पनि बनेको छ जसले बीएस ६ इन्जिन युक्त मोटरसाइकल नेपाल भित्र्यायो ।
बिएस६ भर्जनको ड्यूक २०० निक्कै आकर्षक डिजाइनमा आएको छ । डिजाइनको हिसाबले ड्यूक २०० र २५० लगभग उस्ता उस्तै छन । फरक इन्स्ट्रुमेन्ट कन्सोलमा रहेको छ । ड्युक २५० मा ठुलो टीएफटी स्क्रिन छ भने ड्युक २०० मा पहिले कै सामान्य इन्स्ट्रुमेन्ट कन्सोल जुन फुल डिजिटल कन्सोल रहेको छ ।
केटीएम ड्यूक २०० मा १९९.५ सीसी सिंगल सिलिन्डर, एफआई, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यसले १०००० आरपीएममा २५ पीएस पावर तथा ८००० आरपीएममा १९.३ एनएम टर्क जेनेरेट गर्छ । त्यसैगरी ड्यूक २५० मा २४८.८ सीसी सिगंल सिलिन्डर लिक्वीड कुल्ड एफआई इन्जिन रहेको छ । यो इन्जिनले २९.६ बीएच पावर तथा २४ एनएम टर्क जेनेरेट गर्छ । दुवैमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।
दुवै बाइकमा फुल एलइडी लाइट, गियर इन्डिकेटर, अलोय ह्वील, एबीएस, यूएसडी फर्क जस्ता फिचर रहेको छ । दुवै बाइकमा १३.५ लिटरको फ्युल ट्यांक रहेको छ ।
कम्पनिले नया बीएस ६ ड्यूक २०० को मूल्य ५ लाख ४० हजार र बीएस ६ ड्युक २५० को मूल्य ६ लाख ४० हजार रुपैयाँ तोकेको छ ।
नेपाल आइपुग्यो नया भर्जनको चर्चित अफरोड बाइक ‘हार्टफोर्ड भीआर’ को दुई मोडल, निषेधाज्ञा खुलेपछि कारोबार सुरु हुने (मूल्य सहित)
काठमाडौं । युवाहरु माझ दशकौ अघि देखि लोकप्रिय डर्ट बाइक हो हार्डफोर्डको भीआर । भीआर दुइ इन्जिन अप्सनमा नेपालमा बिक्रि वितरण हुदै आइरहेको छ । ‘भीआर १५० र भीआर २२३’ दुई इन्जिनमा उपलब्ध यी दुई बाइकमा ओएचसी ४ स्ट्रोक इन्जिन रहेको छ ।
नेपालका लागी हार्टफोर्डको नया वितरक इग्निशन अटोले यी दुवै भीआरको नया भर्जन नेपाली बजारमा ल्याएका छन । भीआर १५० ले १८.१ पीएस पावर उत्पादन गर्छ भने भीआर २२३ ले १९. १८ पीएस पावर उत्पादन गर्दछ । नेपालको खराब सडकलाई सुहाउदो भीआर बाइक निक्कै मजबुद भएको हुनाले पनि युवाहरुको रोजाईमा परेको छ । २१०० एमएम लम्बाई, ७७५ एमएम चौडाई र १२१५ एमएम उचाई रहेको बाइकमा १३५० एमएमको ह्वीलबेस प्रदान गरिएको छ ।
यी दुवै मोटरसाइकलमा ५ स्पीड गियरबक्स दिइएको छ । १२ लिटरको इन्धन ट्याङ्की दिइएको बाइकलाई आरामदायी बनाउन कम्पनीले फ्रन्टमा युएडी फर्क र पछाडि मोनोसक सस्पेन्सन दिएको छ । बाइकमा १८ इन्चको ह्वील दिइएको छ । यसका साथै दुवै ह्वीलमा डिस्क ब्रेक दिइएको छ ।
कम्पनीले भीआर १५० को मूल्य ४ लाख ६५ हजार रुपैयाँ र भीआर २२३ को मूल्य ५ लाख ५८जार रुपैयाँ तोकेको जनाएको छ । यसअघि १५० सीसीको मूल्य ४ लाख १० हजार र २२३ को मूल्य ४ लाख ९९ हजार रुपैयाँ रहेको थियो ।
यो मोटरसाइकल यस अघि इन्टरनेशनल मोर्टस प्रालिले बिक्री गर्दै आएको थियो ।
सस्तो र धेरै माइलेज दिने हिरोको नया सुपर सप्लेन्डर उत्कृष्ट ब्रेकिङ सिस्टम ‘आइबिएस’ सहित नेपाली बजारमा (मुल्यसहित)
काठमाडौं, १२ भदौ । आईबीएस (इन्ट्रिग्रेटेड ब्रेकिङ सिस्टम) जडित हिरोको नया सुपर स्प्लेन्डर नेपाली बजारमा सार्बजनिक भएको छ ।
सुपर स्प्लेन्डर आईबीएस भर्सन देशभरिका हिरोे मोटरसाइकलको आधिकारिक शोरूममा उपलब्ध भइसकेको कम्पनीले बताएको छ । अहिले निषेधाज्ञा जारी रहेकोले यसको किनबेच नभए पनि निषेधाज्ञा खुलेपछि ठुलो मात्रामा कारोबार हुने अनुमान कम्पनिको रहेको छ ।
नया सुपर स्प्लेन्डर आईबीएस भर्सनमा सुरक्षालाई प्राथमिकता दिइएको छ । आईबीएस ब्रेकिङ प्रणालीले अगाडि तथा पछाडिको ब्रेक बीचको सम्बन्धलाई एकिकृत गरि दुवै ब्रेक सहि तरिकाले लगाउन मद्दत गर्छ। नया सुपर स्प्लेन्डर आईबीएस आरएन्डडी इनोभेसन एन्ड टेक्नोलोजी केन्द्रमा डिजाइन र विकसित गरिएको मोडल हो ।
नया सुपर स्प्लेन्डर आईबीएसमा १२४.७ सीसी क्षमताको एयर कुल्ड, फोर स्टोक ओएचसी इन्जिन रहेको छ । जसले अधिकतम ७००० आरपीएममा ९ बीएच पावर र ४००० आरपीएममा १०.३५ एनएम टर्क उद्पादन गर्छ । ४ स्पीड कन्सट्यान्ट मेस गियरबक्स र मल्टिप्लेट वेट क्लच रहेको यो मोटरसाइकल ९० किलोमिटर प्रतिघन्टाको गतिमा दौडन सक्छ ।
त्यस्तै १३ लिटर क्षमताको इन्धन ट्यांकी रहेको यो मोटरसाइकलले प्रति लिटर ६० किलोमिटरको माइलेज दिने कम्पनिको दावी रहेको छ । यसमा आई-थ्री-एस प्रणाली रहेको हुदा माइलेज धेरै दिने कम्पनिको दावी छ । यसमा साइड स्ट्यान्ड इन्डिकेटर, १८ इन्च एलोय ह्वील्स, आरामदायक सीट र लाइटवेटले गर्दा यो मोटरसाइकल सबैको लागी चलाउन सजिलो हुनेछ ।
हिरो मोटोकर्पले विकास गरेको आई-थ्री-एस प्रविधि रहेको यो मोटरसाइकल रोकेर राखेको पाँच सकेन्डपछि आफै इन्जिन बन्द हुन्छ । चालकले मोटरसाइकलको क्लच-थिचेसँगै स्वचालितरुपमा इन्जिन सञ्चालनमा आउँछ र अगाडी बढाउन सकिन्छ । जसले गर्दा ट्राफिकमा इन्धन खेर जादैन ।
नया सुपर स्प्लेन्डर पाँच प्रिमियम मेटालिक रंगहरूमा उपलब्ध रहेको छ । जसमा ब्ल्याक विथ ग्रे, क्यान्डी ब्लेजिङ रेड, ब्ल्याक विथ रेड स्ट्राइप्स, ब्ल्याक विथ भ्वाइलेट स्ट्राइप्स र एबोनी ग्रे रहेको छ ।
नेपाली बजारमा नया सुपर स्प्लेन्डरको मुल्य १ लाख ९८ हजार रुपैयाँ तोकिएको कम्पनिले जनाएको छ ।
स्मार्ट फिचर र नया लुक्स रहेको टीभीएस आरटीआर २०० फो भीको नयाँ भर्सन नेपाली बजारमा बिक्री सुरु, अनलाइनबाट पनि खरिद गर्न सकिने (मूल्य सहित)
काठमाडौं, १ भदौ । टीभीएसको नेकेड बाइक टीभीएस आरटीआर २०० फो भीको नयाँ भर्सन आजबाट नेपाली बजार बिक्री सुरु भएको छ ।
यसमा भएको पावर र नेकेड लुक्सका कारण यो बाइक नेपाली युवाहरुको रोजाईमा पर्ने गरेको छ । सार्बजनिक नया आरटीआर २०० फो भीमा अझ नया फिचरहरु थपिएर आएको हुनाले ग्राहकहरु थप आकर्षित हुने कम्पनिले बताएको छ ।
नेपालका लागि आधिकारिक बिक्रेता जगदम्वा मोटर्स प्रालिका अनुसार आउन लागेको नया आरटीआर २०० फो भीमा एबीएस, अल न्यू एलइडी हेडल्याम्प र स्मार्ट कनेक्टेड फुल डिजिटल इन्स्टुमेन्ट कन्सोल रहेको छ । सवारी चालकले आफ्नो स्मार्ट फोन कनेक्ट गरेर फोन कल, एसएसम, हेलमेट वार्निङ, टर्न वाइ टर्न नेभिगेसन जस्ता सुबिधा उपयोग गर्न सक्नेछन् ।
आरटीआर २०० फोर भीमा १९७.८ सीसी सिगंल सिलिन्डर, फोर भल्भ, आयल कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले८५०० आरपीएममा २०.५ पीएस पावर तथा ७००० हजार आरपीएममा १८.१ एनएम टर्क जेनेरेट गर्छ ।
कम्पनीले यसमा ‘कि फिचर’को रुपमा क्रयास अर्लट फिचर दिएको छ । कुनै पनि अबस्थामा मोटरसाइकल दुर्घटनमा पर्दा उक्त फिचर मार्फत लोकेशनसहितको दुर्घटनाको सूचना अर्को राइडरलाई नोटिफिकेशन जान्छ ।
मुल्य
कम्पनीले ल्याएको नयाँ एबीएस र कनेक्ट फिचरसहितको आरटीआर २०० फोर भीको मूल्य ३ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ । अहिले नेपाली बजारमा नन् एबीएस भर्सनको पुरानो आरटीआर २०० फोर भीको मूल्य ३ लाख २५ हजार रुपैयाँ रहेको छ । टिभीएसका बाइकहरु अनलाइनबाट पनि खरिद गर्न सकिने छ ।
यो पनि
अब मध्यम वर्गीय युवाहरुले पनि हार्ली डेभिड्सनको बाइक चढ्न सक्ने, यी दुई मोडल नेपाल आउदै (मुल्य सहित)
काठमाडौं, २८ कार्तिक । विश्व कै महँगो मोटरसाइकल मध्यको एक हो हार्ले डेभिडसन । यो यत्ति धेरै महँगो छ कि यसलाई खरिद गर्न जो कसैले आँट नै गर्दैनन्।
तर हार्ले डेभिडसनले अलि थोरै पुजी हुने ग्राहकलाई पनि मध्य नजरमा राख्दै दुइ मोडल बजारमा ल्याएको छ । र ति दुइ मोडल स्ट्रीट ७५० र स्ट्रिट रड ७५० आइएमई मोटर्सले नेपालमा पनि ल्याउने भएको छ । ७४९ सिसि लिक्विड कुल्ड भी–ट्विन इन्जिन रहेको स्ट्रीट ७५० ले ५८ एचपी पावर र ५९ एनएम टर्क जेनेरेट गर्दछ ।
त्यस्तै ७४९ सीसी कै लिक्विड कुल्ड भी–ट्विन इन्जिन रहेको स्ट्रीट रड ७५० ले ७०.९ एचपी पावर र ६२ एनएम टर्क जेनेरेट गर्दछ ।
नेपाल आउन लागेको स्ट्रीट ७५० को मूल्य २५ लाख रुपैयाँ र स्ट्रीट रडको मूल्य २७ लाख रुपैयाँ हाराहारी पर्ने अनुमान गरिएको छ ।
०००
यो पनि
रोयल इनफिल्ड बाइकका पारखीलाई खुसीको खबर : ४७ बीएचपी पावर तथा ५२ एनएम टर्क उत्पादन गर्ने शक्तिशाली इन्टरसेप्टर ६५० नेपाल आउदै (मूल्य सहित)
काठमाडौं, २५ कार्तिक । चर्चित रेट्रो मोटरसाइकल रोयल इनफिल्डको पावरफुल इन्टरसेप्टर ६५० नेपालमा आउने भएको छ । भारतमा निक्कै चर्चित रहेको यस मोडल अब नेपालमा पनि आउने भएपछि हाइस्पिड रोयल इनफिल्ड किन्ने इच्छा भएकाहरुको रहर पुग्ने भएको छ ।
नेपालका लागि आधिकारिक विक्रेता बिबेक अटोमोवाइलले यो मोटरसाइकल अबको केहि दिन मै नेपाली बजारमा विक्री वितरण सुरु गर्ने छ । ६४८ सीसीको एयर कूल्ड टु सिलिन्डर एफआई इन्जिनले ४७ बीएच पावर तथा ५२ एनएम टर्क उत्पादन गर्दछ ।
रोयल इनफिल्ड क्लासिक मोडल नेपालमा अत्यधिक बिक्रि हुने मध्यमा पर्दछ । करिब २०२ किलोग्राम तौल रहेको यस मोटरसाइकलको फ्रन्टमा ३२० एमएम तथा रियरमा २४० एमएमको डिस्क ब्रेकसहित डबल च्यानल एबीएस रहेको इन्टरसेप्टर ६५० मा ६ स्पीड गियरबक्स छ । निक्कै पावरफुल यस मोटरसाइकलले माइलेज पनि राम्रै दिने कम्पनिको दावी छ । प्रति लिटर २५ किलोमिटर यो मोटरसाइकलको माइलेज रहेको छ ।
यस मोटरसाइकलको मूल्य अहिले नै सार्बजनिक नगरीए पनि करिब १२ देखि १३ लाख रुपैया सम्म पर्ने अनुमान गरिएको छ ।
०००
यो पनि
यी हुन् नेपाली बजारमा पाइने सबै भन्दा सस्तो अनि सबै भन्दा धेरै माइलेज दिने ५ बाइकहरु (मुल्यसुची सहित)
साझापेज । काठमाडौँ । नेपाली सडक र नेपालीको आयश्रोतको आधारमा मोटर साइकल सबैको रोजाईमा पर्ने सवारी साधन हो । हुनत नेपाली बजारमा ७०-८० लाख रुपैया सम्मको मोटरसाइकल पनि उपलब्ध छ तर ति मोटरसाइकल एकादले मात्र खरिद गर्न सक्छन । नेपाली सडकमा प्राय मध्यम मूल्य कै मोटरसाइकल गुडिरहेको हुन्छन ।
आज हामी निम्न आर्थिक आयश्रोत भएका तर मोटरसाइकलको आवश्यक वा रहर भएकाहरुलाई उपयुक्त ५ मोटरसाइकलको बारेमा जानकारी दिंदै छौ । यी मोटरसाइकलहरु ९७ देखि ११० सिसि सेग्मेन्टमा छन । यी मोटरसाइकलहरु किन्नमा सस्तो मात्र हैन किनी सकेपछी पनि किफायती रहने छन् । कारण, यी ५ मोटरसाइकलले धेरै माइलेज दिने छ साथै कुनै पार्ट टुटफुट भएमा पनि निक्कै सुलभ मूल्यमा पार्ट पुर्जाहरु पाइने छ । त्यति मात्र हैन नेपाल सरकारले लगाउने करहरुमा पनि सानो सिसिका मोटरसाइकलमा भारी छुट छ । अब जानौ ति ५ मोटरसाइकलहरुको फिचर र हाल नेपाली बजारमा पर्ने मूल्यको बारेमा :
१. टीभीएस स्टार स्पोर्ट
टीभीएस स्टार सिटी प्लस मोटरसाइकल टीभीएसको सबै भन्दा बढी माइलेज दिने १०० सिसी सेग्मेन्टको मोटरसाइकल हो । यो मोटरसाइकल टीभीएसको सबै भन्दा बढी माइलेज दिने मोटरसाइकल हो । यसको वजन १०८ केजी छ भने फ्युल ट्यांक १२ लिटरको रहेको छ ।
इन्जिन : 100 सीसी
पावर : 7.4 पीएस
टर्क : 7.5 एनएम
माइलेज : 87 kmpl
मूल्य : रु. १,५६,९००
२. बजाज प्लाटीना १०० इएस
यो हो बजाजको सबै भन्दा धेरै माइलेज दिने सानो इन्जिनको मोटरसाइकल । यी ५ मोटरसाइकलहरु मध्य सबै भन्दा धेरै माइलेज दिने मोटरसाइकल पनि यहि हो । धेरै माइलेज दिने भए पनि यसको इन्जिन अन्यको भन्दा ठुलै छ । १०२ सिसीको इन्जिन रहेको यस मोटरसाइकलले ९६ किलोमिटर प्रतिलिटर त माइलेज नै दिने कम्पनिको दावी छ ।
इन्जिन : 102 सीसी
पावर : 8.04 पीएस
टर्क : 8.06 एनएम
माइलेज : 96.9 kmpl
मूल्य : रु. १,५९,९००
३. टीभीएस स्टार सिटी प्लस
टीभीएस स्टार सिटी प्लस मोटरसाइकल टीभीएसको सबै भन्दा बढी माइलेज दिने ११० सिसी सेग्मेन्टको मोटरसाइकल हो । यो मोटरसाइकलमा सेमी डिजिटल इंस्ट्रूमेंट कॉनसोल रहेको छ । साथै यो इलेक्ट्रोनिक स्टार्टमा उपलब्ध छ । यी ५ मोटरसाइकल मध्य सबै भन्दा ठुलो सिसि भएको मोटरसाइकल यहि हो ।
इन्जिन : 109.7 सीसी
पावर : 8.4 पीएस
टर्क : 8.7 एनएम
माइलेज : 86 kmpl
मूल्य : रु. १,६२,९००
४. हीरो एचएफ डीलक्स
यो हिरोको सबै भन्दा सानो इन्जिन भएको मोटरसाईकल हो । यसमा ९७.२ सिसीको इन्जिन रहेको छ भने यो नै हिरोको सबै भन्दा बढी माइलेज दिने र सबै भन्दा सस्तो मोटरसाइकल पनि हो । यसको तौल मात्र १०७ किलोग्राम रहेको छ ।
इन्जिन : 97.2 सीसी
पावर : 8.24 पीएस
टर्क : 8.05 एनएम
माइलेज : 82 kmpl
मूल्य : रु. १,६३,५००
५. हिरो स्प्लेन्डर प्लस
हिरो मोटरसाइकलको धेरै माइलेज दिने मोटरसाइकल मध्यको एक हो हिरो स्प्लेन्डर प्लस । जसमा हीरो एचएफ डीलक्समा नभएको फिचर मौजुद रहेको छ । जस्तै यो मोटरसाइकलमा इलेक्ट्रिक स्टार्ट संगै राम्रो ग्राफिक पनि रहेको छ । तर मूल्य मात्र १० हजार रुपैया बढी रहेको छ । हेरो मोटरसाइकल सबै भन्दा सस्तोमा पार्ट्सहरु पाइने ब्राण्डको रुपमा पनि चिनिने गरिन्छ ।
इन्जिन : 97.2 सीसी
पावर : 8.३६ पीएस
टर्क : 8.05 एनएम
माइलेज : 80.6 kmpl
मूल्य : रु. १,७३,५००
sajha page