समाचार

चितवनका मेयर नारायण वनलाई कोरोना पुष्टि

चितवन, २ असोज । चितवन स्थित रत्ननगरका मेयर नारायण वनलाई कोरोना पुष्टि भएको छ ।

भदौ २८ गते स्वाब दिएका मेयर वनलाई बिहीवार गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । मेयर वनले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गत भदौ २८ मा स्वाब दिएका थिए ।

आफन्तलाई अस्पताल उपचार गर्न लैजाने क्रममा अस्पतालमा नै उनलाई कोरोना संक्रमण भएको हुन सक्ने मेयर वनको अनुमान छ।

स्वाव दिने बेलामा उनीमा केही लक्षण देखिएको भएपनि अहिले उनको स्वस्थ्य अवस्था सामान्य रहेको छ । उनी घरमै बसिरहेका छन् ।

source: news24

Related Articles

Back to top button