आज असोज महिनाको पहिलो दिन, कुन राशिलाई कति शुभ ? हेर्नुहोस दैनिक राशिफल !
वि.सं.२०७७ साल असोज ०१ गते । बिहीबार । ईश्वी सन् २०२० सेप्टेम्बर १७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–औंशी,२७ घडी ५२ पला,बेलुकी ०४ बजेर ५९ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–पूर्वाफाल्गुनी,१२ घडी ३६ पला,बिहान १० बजेर ५३ मिनेट उप्रान्त उत्तरफाल्गुनी । योग–शुभ,५२ घडी १४ पला,रातको ०२ बजेर ४४ मिनेट उप्रान्त शुक्ल । करण– चतुष्पद,बिहान ०६ बजेर ०१ मिनेट उप्रान्त नाग,बेलुकी ०४ बजेर ५९ मिनेट उप्रान्त किंस्तुध्न । आनन्दादिमा–गद योग । चन्द्रराशि–सिंह,बेलुकी ०४ बजेर ३३ मिनेट उप्रान्त कन्या । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०४ मिनेट । दिनमान ३० घडी ३५ पला । पित्रृ विशर्जन । औंशी श्राद्ध । विश्वकर्मा पूजा । वास्तु पूजा । राष्ट्रिय विज्ञान दिवस । आश्विन सक्रान्ति ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बौद्धिक कार्यमा सहभागी हुने अवसर जुर्नेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रफुल्ति रहनेछ । शेयर बजार,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो फाईदा हुनेछ । स्कुल,कलेज तथा शैक्षिक क्षेत्रमा समय लगानि गर्नेहरुले मनग्गे धन आर्जन गर्नुहुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै नया प्रेम प्रश्ताब आउनेछ । मन परको मानिसबाट भौतिक सम्पति तथा उपाहार प्राप्त हुनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आत्मबल मजभुत हुँने हुँदा जस्तो सुकै चुनौतिको सामना गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुँनाले पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ । आमा वा आमा सरहका मानिसबाट भनेजस्तो समर्थन पाईन हुँनादे अग्रगामि छलाङ मार्न सकिनेछ । अध्ययन अध्यापनमा राम्रो स्थान प्राप्त हुनेछ भने सुगम स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
दाजुभाई तथा साझेदारहरु सँग मिलेर गरिने पेशा व्यावसायबाट भनेजस्तो रुपैया पैसा कमाउन सकिनेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा कलम चलाउँनेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवारमा सबैको सहयोग पाईन हुनाले नया काम गर्ने अवसर आउनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
बिशिष्ट व्याक्तिहरु सँग भेटघाट हुने अवसर जुर्नेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । टाडाबाट खुसिको समाचार सुन्न पाईनेछ । नोकरिमा बढुवा, प्रशंसा तथा पुरस्कार पाईने योग रहेकोछ । साहित्य तथा कलाकारितामा समय खर्चिने हरुले मनग्गे आम्दानि गर्ने समय रहेकोछ भने नसोचेको ठाउबाट धन आगमन हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न भई घर परिवारका ईच्छा आकांक्षा तथा दैनिक उपभोग्य बस्तुहरुको परिपुर्ति गर्न सकिनेछ । मानव निर्मित भौतिक बस्तुहरुको प्रयोग गर्न पाईने हुदा मन प्रसन्न रहनेछ । पारिवारिक माहोलमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै अध्ययनमा चाहेजस्तो सफलता हात पार्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
लामो दुरिको यात्राको अधिक सम्भावना रहेको छ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । जुझारु साथिहरुको संगतले नयाँ कुराको खोज तथा अनुशन्धान गर्ने जागर आउँनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ दिन कटाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा पद प्राप्तिको योग रहेकोछ । सरकारि धन सम्पति तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना कुराहरु दिल खोलेर राख्न सकिनेछ । उच्च मनोबलका साथ काम गर्न सकिने हुँदा ईच्छा आकाक्षा तथा मनोकामना पुरा हुँने समय रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
बुवा आमा तथा अग्रजहरुबाट सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । थोरै समयको प्रयत्ने सहजै गन्तब्य तथा लक्ष्य पहिल्याउन सकिनेछ । अवसरहरुको सदुपयोग गर्न सकिने तथा भविश्यको लागि फाईदा हुने काम गर्ने बाताबरण बनाउन सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे आम्दानि हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति बलियो हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईले शुरु गरेको कामलाई सहयोग हुँनेछ भने पैत्रिक धन सम्पतिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना साथिभाई सँग भेटघाट गरि रमाईलो ठाउँमा स्वादिष्ट परिकारका साथ रम्न सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । अन्य क्षेत्र मध्ययम रहेपनि बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि सुरक्षित हुनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । आटेको काम तत्काल नहुने योग रहेको भएपनि पछिको लागि जग बसाउने मौका मिल्नेछ । आफन्त तथा घरका मानिससँग सामान्य कुारामा राय बाजिने वा बिवाद हुने योग रहेकोछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
समयमा कामहरु नसकिने हुँनाले अन्य क्षेत्रमा लगानि गर्ने बाताबरण गुम्न सक्छ । व्यापार व्यावसायमा आम्दानि गर्न प्रशस्त समय खर्चिनु पर्नेछ । व्यापार व्यावसायको सवालमा हुँने यात्रा निअर्थक हुनेछ । पढाई लेखाईमा अलि बढि समय खर्चिय नतिजा आफैतिर ल्याउँन सकिनेछ । प्रणय सम्बन्धमा चिसोपनको आभाष हुनेछ भने जीवन साथिको असहयोगले महत्वपुर्ण अवसरहरु जुर्न सक्छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) लगनशिल तथा ईमान्दारिता पुर्वक गरिएको कामहरु सफलता पुर्वक सम्पन्न गर्न सकिनेछ भने आर्थिक रुपमा सबल हुँने समय रहेकोछ । बिशिष्ट व्याक्तिहरुको संगतले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । माया प्रेममा आफ्नो मायालुलाई आफ्नै आखा अगाडि देख्न पाउँदा मन प्रशन्न हुनेछ । आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला सामान्य मौषमि रोगको प्रकोप भने देखिन सक्छ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी तारानाथ भण्डारी ।
०००
साप्ताहिक राशिफल हेर्नुहोस : भाद्र २८ गते आईतबारदेखी असोज ०३ गते शनिबारसम्मको
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बिहीबार बिहानसम्मको समय मध्ययम रहेकोले राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्बसाधारणसँग सन्तुलित व्यावहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । अध्ययन अध्यापनमा तपार्ईँको कमजोर उपस्थितिको फाईदा अरुले उठाउन सक्छन् ध्यान दिनुहोला । आमा वा आमा सरहका मानससँग टाडिएर देश परदेशको यात्रा गर्दा मन विचलित हुनेछ । व्यापार व्यावसायमा न्यून नाँफा हुने हुनाले दैनिकि कष्टकर हुनेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा मनमुटावको अवस्था सिर्जना हुनेछ । बिहीबार दिउसोबाट समय राम्रो रहेकोले प्रतिस्पर्धामा तपार्ईँकै जित हुनेछ भने सहयोगिको साथ पाइने हुनाले नयाँ प्रकृतिको काम गरी मनग्गे धन तथा सम्पति आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । न्यालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछ । आफन्त तथा मावलीको साथ पाईने हुनाले दैनिकी थप सजह हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
साताको सुरु र अन्तको समय राम्रो रहेकोले दाजुभाई तथा छिमेकी सँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादविवाद तथा मुद्दा मामिलामा तपार्ईँकै जित हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । उद्योग व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । छोटो तथा अर्थपुर्ण भ्रमणको तय हुनेछ । बिद्यामा सोचेजस्तै सफलता पाइनेछ । बुधबार र बिहीबारको समय मध्ययम रहेकोले खानपान तथा मौषमको ख्याल गर्नुहोला छाति तथा श्वास प्रश्वास सम्बन्धी समस्या आउन सक्छ । अरुकै लहैलहैमा लागेर आफ्नो सस्कार भुल्दा पछि गएर पछुतो हुने ग्रहयोग रहेकोछ । तरपनि कृषि तथा पशुपालनमा रुपैया पैसा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । बैक तथा बित्तिय क्षेत्र, चलचित्र क्षेत्रसँग सम्बन्धित कामहरु फिलिम,मोडलिङ, फेसन डिजाईनिङ, गल्यामरस जस्ता क्षेत्रमा काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
साताको सुरु र अन्तको समय मध्ययम रहेकोले जीवनशैलि व्यास्त भएपनि आर्थिक रुपमा पछि नै परिनेछ । आमा तथा आफ्नैबाट टाडिनु पर्ने बाध्यता आउनेछ भने कामको सवालमा देश परदेशको यात्राको तय हुनेछ । अध्ययनमा समय दिन नसक्दा सफलता चुम्न निकै मुस्किल पर्नेछ । मायाप्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ भने साथिभाईले नै धोका दिन सक्छन् । स्थाई सम्पतिमा विवाद आउनेछ । मंगलबार दिउसोबाट बिहीबार साझसम्मको समय राम्रो रहेकोले मुद्दा मामिला तथा अदालतबाट हुने फैसला तपार्ईँकै पक्षमा आउनेछन् भने प्रतिस्पर्धी हरुलार्ई परास्त गर्दै अगाडी बढ्न सकिनेछ । छोटो दुरिको व्यावसायिक यात्राको तय हुनेछ भने यात्राबाट भनेजस्तो उपलव्धी हासिल हुनेछ । बिद्यार्थी वर्गहरुले पढाइमा मिहिनेत गरी राम्रो नतिजा ल्याउन सक्नेछन् । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुँदा कामहरु समयमा बन्नेछन् । सञ्चार जगत,ईन्फर्मेसन टेक्नोलोजि, सफ्टवेयर डिजाईनिङ,स्टक एक्चञ्ज,चार्टर एकाउन्टेण्ट,ब्यापार,हास्य ब्याङग्य कलाकार,लेखक,साहित्यकार,राजदुत तथा चलचित्र क्षेत्रमा काम गर्नेहरुका लागी साताको अझ समय शुभ रहनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
साताको सुरु र अन्तको समय राम्रो रहेकोले दाजुभाई तथा छिमेकिबाट सहयोग तथा उपाहार प्राप्तिको योग रहेकोछ । आफन्त तथा मनपर्ने साथिका साथ छोटो,रमाईलो तथा अर्थपुर्ण यात्रा हुने हुनाले मन प्रशन्न रहनेछ । न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछ भने सत्रु परास्त हुनेछन् । खोज तथा अनुशन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निकाल्न प्रशस्त समय खर्चनु पर्नेछ । आफूलाई मन पर्ने भौतिक सम्पती जोड्न पाउदा मन हर्सित हुनेछ । मंगलबार दिउसोबाट बिहीबार साझसम्मको समय मध्ययम रहेकोले कुटुम्बसँग मनमुटाव बढ्ने हुँदा आजको दिन टाढा नै रहनु राम्रो रहेको छ । बोल्दा वा निर्णय गर्दा ध्यान दिनुहोला आत्मघाती पनि हुनसक्छ । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । तरपनि पानिसँग सम्बन्धित जलसेना,हाइड्रो ईन्जिनियर,पौडिबाज,तेल प्रसोधन, खेतिपाति, पशुपालन,कृषि, डेयरि प्रोडक्सन तथा प्रसासनिक क्षेत्रमा काम गर्नेहरुका लागी समय उत्तम रहेकोछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
साताको समय मध्ययम रहेकोले कुनै काम गर्दा ख्याल गर्नुहोला काम बिग्रने तथा तपार्ईँको कुरा काट्नेहरु सक्रिय हुनेछन् । आफन्त तथा कुटुम्बसँग सन्तुलित व्यावहार गर्नुहोला मनमुटाव बढ्ने योग रहेकोछ । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछि परिनेछ भने माया प्रेममा तिक्तता आउनेछ । सभा समारोहमा सहभागि भई मिठा मिठा परिकार लिने अवसर प्राप्त भएपनि खानपानमा तालमेल नमिल्दा स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । तरपनि यात्राको तय गर्न सकिनेछ भने विदेशमा श्रम गर्नेहरुले मनग्गे धन तथा सम्पति जोड्न सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने बिदेशमा उत्पादित सामानको व्यापार बाट भनेजस्तो नाँफा कमाउन सकिनेछ । सेना,प्रहरि,गुप्तचर,सुरक्षा सँगठन,उद्योग, ब्याबस्थापन,मेडिकल,राजनिति,प्यारामेडिकल क्षेत्र, रिशर्च,अध्यात्म, ज्योतिष प्रशासनिककार्य, जस्ता क्षेत्रमा काम गर्नेहरुका लागी साता उत्तम रहेकोछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
साताको सुरु र अन्तको समय राम्रो रहेकोले आफन्तजन तथा दाजुभाईबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । बिद्यामा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ । मंगलबार दिउसोबाट बिहीबार साझसम्मको समय मध्ययम रहेकोले स्वास्थ्य बिग्रने हुँदा कामहरु प्रभावित हुनेछ सचेत रहनुहोला । व्यापार व्यावासाय खस्केर जानेछ भने विदेशी सामानको व्यापार बढेर जाने योग रहेकोछ । घरायसि कुरामा आफन्तहरु बिच मनमुटाव सिर्जना हुनेछ भने माया प्रेममा घटपट हुने योग रहेकोछ । तरपनि ब्यापार ब्याबसाय,बाणिज्य,लेखन,कलासाहित्य तथा सबै खाले प्राबिधिक ,कम्यूनिकेशन,अफिसर, वलिक, राजनितिक सल्लाहकार, शिक्षक आदि पेशा व्यावसायमा समय लगानी गर्नेहरुका लागी साता उत्तम रहेकोछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आफन्तजन तथा दाजुभाईबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । बिद्यामा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ । शुक्रबार र शनिबारसम्मको समय मध्ययम रहेकोले गलत कामहरु भुलेर पनि नगनुहोला तुरुन्तै दण्ड तथा जरिवाना तिर्नुपर्नेछ । माया प्रेममा आजको दिन भेट नहुँदा नै राम्रो रहेकोछ भेटमा एक अर्कालाई अविश्वास गर्नाले नचाहादा नचाहादै छुट्टिनुपर्ने हुनसक्छ । व्यापार व्यावसाय खस्केर जाने ग्रहयोग रहेकोछ । तरपनि तरपनि कूटनिति, परराष्ट्र,राजनिति,राजदुत वा यस्तै कार्यमा आफुलाई अब्बल साबित गर्ने समय रहेकोछ । त्यसैगरि स्पेश ईन्जिनियर,खगोलबिज्ञान,जिनेटिक ईन्जिनियर,कपडा,कागज,प्रेस तथा मिडिजा जस्ता क्षेत्रमा यो साता शुभ रहकोछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
मंगलबार बिहानसम्मको समय मध्ययम रहेकोले सवारी साधन तथा यात्रा गर्दा विषेश ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकैनै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ भने आफन्त तथा विस्वास गरेकै हरुबाट धोका हुनेछ । मंगलबार दिउसोबाट प्रतिस्पर्धीहरु परास्त हुनेछन् भने नयाँ काम पाउने तथा नोकरिमा बुढुवा हुने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने पछी सम्म आम्दानी भईरहने व्यावसायमा लगानी गरी रोजगारीको अवसरहरु सिर्जना गर्न सकिनेछ । अध्ययनमा विजय हुने योग रहेकोछ भने अन्य साथी हरुलाई किनारा लगाउदै पुरस्कार हात पार्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउने समय रहेकोछ । कबि, दार्शनिक, लेखक, समालोचक,बिचारक तथा गुप्तचर जस्ता क्षेत्रमा सफलता प्राप्त हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
बिहीबार साझसम्मको समय मध्ययम रहेकोले कामगर्दा ख्याल गर्नुहोला काममा सपोर्ट गर्नेभन्दा फसाउने मानिसहरु हावि हुनेछन् । नीति नियमको बेवास्ता गर्दा राज्यलाई दण्ड तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ,सचेत रहनुहोला । बनेका योजनाहरु बौद्धिकताको कमिले लागु गर्न नसक्दा बन्न लागेका कामहरु अलपत्र हुनेछन् । माया प्रेममा अरुकै नकारात्मक टिप्पणिले गर्दा मनमुटाब बढ्नेछ । बिहीबार साझबाट समय राम्रो रहेकोले नयाँ शैलि प्रयोग गरेर गरीने व्यापार व्यावसाय अथवा कुनै कामहरुबाट मनग्गे आम्दानी हुनेछ । आर्थिक रुपमा सम्पन्न हुनका लागी थालीएका कामहरु स्वत स्फुर्त तथा सिष्टममा जाने हुनाले मन प्रशन्न हुनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने छ । पैत्रिक धन सम्पतिको प्रयोग गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । धार्मिक तथा तिर्थ स्थलको यात्रा गरी मनलाई शान्त पार्न सकिनेछ । प्रशासन, शिक्षण, मेडिकल,केमिकल्स,उद्योग,भुउपग्रह, पत्रकारिता, होटल म्यानेज्मेन्ट,भाषा अनुबादक, कम्प्युटर सफ्टवेयर तथा हार्डवेयर तथा राज्यमा मन्त्रि जस्ता पदमा रहि काम गर्नेहरुका लागी साता राम्रो रहेकोछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
साताको सुरु र अन्तको समय राम्रो रहेकोले सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको बलियो पकड रहने हुनाले कामहरु सजिलै सम्पादन हुनेछन् । राज्यबाट पाउने सेवा सुविधा पाइने छ भने मान सम्मानमा बृद्धि भएर जानेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी प्रसाद तथा टिका ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुँदा मन प्रशन्न रहनेछ । बुधबार र बिहीबारको समय मध्ययम रहेकोले आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवश्यक्ताहरु पूरा गर्न गाह्रो पर्नेछ । भौतिक सम्पतीको प्रयोग गर्दा ख्याल गर्नुहोला । खानपान तथा मौषमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ । तरपनि न्याधिस, ईन्जिनियर, डाईरेक्टर, संचालक, म्यानेजर,अध्यक्ष वा चिफ एक्जिक्युटिभ ब्याबस्थापन,मार्केटिङ, बिमा, एकाउन्ट,बैक तथा बित्तिय सस्था जस्ता क्षेत्रमा चाडै सफलता प्राप्त हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पारिवारीक सम्वन्ध,दाम्पत्य जीवन तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । लामो तथा रमाईलो यात्रा हुने हुँदा मन प्रशन्न हुनेछ । पारिवारीक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तपार्ईँले सोचेजस्तै राम्रो हुनेछ । भौतिक सम्पती तथा सवारी साधनको प्राप्तीको गतिलो योग रहेको छ । शुभचिन्तक तथा परिचित व्याक्तीबाट सहयोग जुट्नाले काम गर्न सहज हुनेछ । कार्यक्षेत्रमा राम्रो काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । शुक्रबार र शनिबारको समय मध्ययम रहेकोले काम गर्दा ध्यान दिनुहोला अवसरवादीहरुले फसाउन सक्छन् । सवारी साधन तथा भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला । धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला कागजपत्र नमिल्नाले बिलम्ब हुन सक्छ । तरपनि लेखन, साहित्य,कला, दर्शन,धर्म प्रचार, अन्तरिक्ष बिज्ञान, भुउपग्रह,भौतिक बिज्ञान, मिडिया तथा राजनितिमा लाग्नेहरुका लागी साता उत्तम रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
समय राम्रो रहेकोले आफन्त तथा मावली पक्षको सहयोग पाइने हुनाले कामहरु गर्न शरिरमा उर्जा पैदा हुनेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई हराउदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । अदालती निर्णयहरु तपार्ईँकै पक्षमा आउने भएको हुनाले न्याय पाएको अनुभुती हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । इन्जिनियर,दूध तथा दूग्ध पदार्थ, जलसेना, गोताखोर, बैज्ञानिक शोधजस्ता क्षेत्रमा काम गर्ने व्याक्तिहरु सफल मानिन्छन् । लेखन, साहित्य,कबिता, दर्शन ,कला तथा साहित्य, मनोरञ्जन, हास्य बिधा,अध्ययन अध्यापन, योग ध्यान,अध्यात्म जस्ता क्षेत्रमा समय लगानी गर्नेहरुका लागी समय उत्तम रहेकोछ ।
तपाईँको दिन शुभ रहोस ।