रुसले भारतलाई १० करोड डोज कोरोना खोप बेच्दै..!
काठमाडौं । रुसको सोभरेनवेल्थ फण्डले भारतमा १० करोड डोज कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आपूर्ति गर्ने सम्झौता गरेको छ ।रुसले कोरोना भाइरसविरुद्धको पहिलो खोप दाबी गरेको स्पुतनिक भी भारतीय औषधि कम्पनी डाक्टर रेड्डिज ल्याबरेटरिजलाई फण्डले आपूर्ति गर्न लागेको हो।
पछिल्लो समय आफ्नो खोपको वितरण विश्वभर विस्तार गर्ने दिशामा अघि बढिरहेको रुसले बुधबार यस्तो जानकारी दिएको हो ।रुसको प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) र भारतीय कम्पनीको बीचमा भारतमा ३० करोड डोज खोप उत्पादनको सम्झौता भएसँगै भारतलाई १० करोड डोज खोप दिने सम्झौता भएको हो । रुसका लागि भारत तेल तथा सैन्य सामग्रीको प्रमुख खरिदकर्ता मुलुक हो ।
आरडीआईएफका अनुसार भारतको रेड्डिज ल्याबरेटरिजले स्पुतनिक भीको तेस्रो चरणको क्लिनिकल परीक्षण भारतमा पनि गर्नेछ । भारतमा कोरोना खोपको आपूर्ति सन् २०२० को अन्तिमबाट सुरु हुन सक्ने आरडीआईएफले बताएको छ ।
अहिले भारतमा कोरोना भाइरसका ५० लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित छन् भने ८२ हजारभन्दा धेरैको कोरोना भाइरसको कारण मृ त्यु भइसकेको छ ।
यसअघि नै आरडीआईएफले काजाकिस्तान, ब्राजिल र मेक्सिकोसँग खोप आपूर्तिको सम्झौता गरिसकेको छ । अहिलेसम्म कोरोना भाइरसविरुद्धको खोपको घोषणा गर्ने पहिलो मुलुक हो । यद्यपि अझैसम्म पनि खोपको तेस्रो चरणको क्लिनिकल परीक्षण भने सकिएको छैन ।