समाचार

४ वर्षे कार्यकाल पूरा गरी कुलमान बाहिरिएसँगै लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशक बनाउने ओली सरकारको निर्णय !

नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन् । कार्यकारी निर्देशक कुलमान घिसिङ ४ वर्षे कार्यकाल पूरा गरी बाहिरिएसँगै कोइरालालाई निमित्त कार्यकारी निर्देशक बनाइएको हो ।

ad
कोइरालालाई उर्जामन्त्री वर्षमान पुनले मंगलबार निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको मन्त्रालय स्रोतले अनलाइनबरलाई बतायो ।

कोइराला यसअघि नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशक ९१२ औं तह० मा कार्यरत थिए । उनी वरिष्ठताका आकारमा निमित्त कार्यकारी निर्देशक तोकिएका हुन् ।

पूर्व अर्थमन्त्री डा। युवराज खतिवडालाई मन्त्रीपदबाट राजीनामा दिएको हप्तादिन नबित्दैँ शक्तिशाली पदमा नियुक्त गरिएको छ । प्रधानमन्त्री केपी ओलीले खतिवडालाई आफ्नो आर्थिक सल्लाहकार नियुक्त गरेका हुन् ।

खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त भएका सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । खतिवडाले मन्त्रीसरहकै सेवासुविधान पाउनेछन् ।

मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएको ज्ञवालीले जानकारी दिए ।

‘डा। युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार मन्त्री स्तरीय सुविधा पाउने गरी नियुक्त गर्ने निर्णय गरिएको छ’, सरकारका प्रवक्ता ज्ञवालीले भने ।

डा। खतिवडाले केही दिनअघि मन्त्री पदबाट राजीनामा दिएका हुन् । राष्ट्रियसभामा दुई वर्षका लागि मनोनित भएका खतिवडाको समय सकिएपछि उनी ६ महिना गैर सांसदको रुपमा मन्त्री बनेका थिए ।

सरकारले रिक्त राष्ट्रियसभाको एक सिटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गर्ने निर्णय गरेपछि खतिवडाले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

Related Articles

Back to top button