६ बुँदे माग राख्दै डा। गोविन्द केसीले हिजो सोमबार देखी जुम्लामा अनशन सुरु गरे !
तस्वीर:-विजय रावत, रासस
जुम्ला – केही समय देखी डा। गोविन्द केसी जुम्लामा रही गरिब र स्वास्थ्य बाट बन्चित जन्ताहरुको उपचारमा तल्लिन रहेका छन। साथै लामो समय देखी डा। गोविन्द केसीले चिकित्सा शिक्षामा देखिएको ब्यथितीलाई लिएर अावाज उठाउदै अाईरहेका छन जस्का लागि डा। केसीले अनेकौ पटक अनशन गर्दै अाएकाछन। सोही प्रकरणमा चिकित्सा शिक्षा सुधारको विभिन्न माग राख्दै आएका डा। गोविन्द केसीले फेरी हिजो सोमबार देखी जुम्लामा अनशन सुरु गरेका छन् ।
जानकारी अनुशार हिजो सोमबार २ बजे देखी अनसनमा बसेका डा। केसीले यसपाली सरकार समक्ष ६ बुँदे माग राखेका छन।
डा। केसीले अघाढी सारेका ६ बुँदे मा हरुमा;
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्नुपर्ने
मास्कको प्रयोग र सामाजिक दूरी अनिवार्य गर्दै पीसीआर परिक्षण व्यापक बनाएर निषेधाज्ञा र लकडाउन अन्त्य गर्नुपर्ने
२०७५ साउन १० गते डा। केसी सङ भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनु पर्ने
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरिनु पर्ने
बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निशुल्क सेवा सुनिस्चित गरिनु पर्ने
सबै भन्दा महत्वपुर्न मागमा राज्य लक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरिद काण्ड, वाइड बडी काण्ड, सेक्युरिटी प्रेस खरिद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समुहको औषधि खरिद काण्ड लगायत सबै ठूला भ्रष्टाचार काण्डका दोषीहरुलाई कानुन बमोजिम छानविन र कारवाही गरिनु पर्ने रहेका छन।