समाचार

एक विद्यार्थीले दिए १० परिवारलाई राहत !

काठमाडौं : १० विपन्न दलित परिवारलाई बुढानिलकण्ठ स्कुलमा एक विद्यार्थीले राहत वितरण गरेका छन् । वुढानिलकन्ठ स्कुलमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी विपिन तिमिल्सनाले नुवाकोटबाट विस्थापित भई काठमाडौं आएका र आर्थिक अवस्था एकदमै कमजोर भएका १० दलित परिवारलाई राहत वितरण गरेका हुन्। नुवाकोट क्षेत्र नम्बर १ का सांसद हितबहादुर तामाङको सिफारिसमा उनले आफन्तसँग पैसा उठाएर काठमाडौंमा दलित परिवारलाई दाल, चामल, तेल, नुन लगायतका खाध्य सामाग्री वितरण गरेका हुन ।

नुवाकोटबाट विस्थापित भएका उनीहरु पूख्यौली पेशा आरन थाप्ने र अन्य रोजगारी गर्ने भन्दै काठमाडौं आएको बताएका छन् । रोजगारी पाउन नसकेको र र कोभिडका कारण आम्दानी नभएर उनीहरु टोखाको लभुफाटमा छाप्रो हालेर बसिरहेका थिए । उनले प्रति परिवारलाई दुई महिना पुग्ने गरी खाध्य सामाग्री उपलब्ध गराइएको जानकारी दिए । दलितका छोराछोरीको पठनपाठनका लागि उनले केहीदिनपछि स्टेशनरी सामाग्री पनि उपलब्ध गराउने बताए।

 

Related Articles

Back to top button