समाचार

खाना राम्रो नभएको भन्दै आइसोलेसन सेन्टरमा तोडफोड…!

२७ भदौ, सप्तरी । राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसन सेन्टरका कोरोना संक्रमितहरुले तोड’फोड गरेका छन् ।साइकृणा मेडिकल कलेजको भवनमा बनाइएको आइसोलेसन सेन्टरमा शनिबार बिहान संक्रमित र खाना खुवाउने व्यक्तिहरूबीच विवाद भएको हो ।

चिया र खाना समयमा नदिने गरिएको र दिएपनि गुणस्तरही भएको भन्दै संक्रमितहरुले विरोध गरेका थिए । त्यसक्रममा संक्रमित र खाना खुवाउनेहरुबीच विवाद भयो र, संक्रमितहरुले खाना राख्ने टेबुल समेत तोड’फोड गरेका छन् ।

संक्रमितहरुका अनुसार दालमा धेरै पानी हाल्नुका साथै एकै किसिमको तरकारी दिने गरिएको छ । व्यवस्थापन पक्षलाई भन्दा एकदुई दिन सुधार आउने तर फेरि पुरानै समस्उना दोहोरिन गरेका कारण विरोध गर्नु परेको संक्रमितहरु बताउँछन् ।शनिबारको विवादपछि खाना पकाउने जिम्मा लिएका व्यक्तिले अब कुनै लाप’र्वाही नगर्ने प्रतिबद्धता जनाएको आइसोलेशनमा बसेका एक संक्रमितले जानकारी दिए ।

यो पनि ;तुलसीपुरका तीन कर्मचारी र चार स्वास्थ्यकर्मीमा कोरोना
दाङको तुलसीपुर उपमहानगरपालिकामा कार्यरत तीन कर्मचारी र चार स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा तुलसीपुरका २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीका अनुसार वडा न। ८ स्थित भिमसेन नगर शहरी प्रवद्र्धन केन्द्र, वडा नं ३ स्थित प्रतापकोट वडा स्वास्थ्य केन्द्र, वडा नं १९ छिल्लीकोट सामुदायिक स्वास्थ्य चौकी, वडा नं ६ स्थित गोलौरा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना सङक्रमण पुष्टि भएको छ ।

तीमध्ये कर्मचारी, स्वास्थ्यकर्मीसहित कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्ति रहेका छन् । जम्मा ८९ जनाको स्वाब परीक्षण गर्दा वडा नं ६ का छ, वडा नं १८ का चार, वडा न. २, ८ र १६, मा २/२ जना तथा वडा नं ३,४, ५, १५, १७ र १८ मा एक/एक जनामा कोरोना सङक्रमण पुष्टि भएको हो । योसँगै तुलसीपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या १४१ पुगेको छ । सोमध्ये ८७ डिस्चार्ज भएका छन् । अब जिल्लामा सङक्रमितको संख्या ८७३ छ ।

Related Articles

Back to top button