समाचार

पिडित गायिकाको पल शाह दोश्रो प्रेमी …….:रुक्सना खातुन

काठमाडौं ।अभिनेता पल शाहलाई एक गायिकाले कर णीको उजुरी दिएपछि अहिले मिडियामा विभिन्न किसिमका कुराहरु सार्वजनिक भइरहेका छन् । पलका म्यानेजर कृष्ण जोशीले हामीले नै पललाई फसाउन खोजेका थियौं भनेर सार्वजनिक भएपछि घटनामा ट्वीष्ट आएको छ ।

जोशीले अन्तरवार्ताका क्रममा पल भन्दा पनि पहिला ति किशोरीको अरु कसैसंग पनि प्रेम रहेको र उनी लिभिगं टुगेदरमा बसेको भनेर दावी गरेका थिए ।

चितवनकी मोडल रुक्साना खातुनले ति किशोरीको पहिलाका प्रेमी भनिएका नारायण उपाध्यायसंग प्रेममा रहेको आफुलाई पनि थाहा भएको बताएकी छन् । विहार टु काठमाडौं भन्ने एक फिल्मका निर्देशक रहेका नारायणलाई ति किशोरीको फोन धेरै आइरहन्थ्यो ।

नारायणसंग ति किशोरीको फोटो र भिडियो पनि रहेको र ति पब्लिक गरिदिन्छ की भनेर किशोरीले तिनीहरु सार्वजनिक गरिदियौ भने म देह त्याग गर्छु र पललाई जस्तै तँलाई पनि कर णीको मु द्दा हालिदिन्छु भनेर चेतावनी दिने गरेको बताइन् ।

ति किशोरीको ठूलो आमाको छोरी पनि सोही फिल्ममा काम गर्ने गरेको र उनले पनि ति किशोरी दुख दिने खालको स्वभाव रहेको भनेर कुरा गर्ने गरेको बताएकी छन् ।

तर पलसंग नजिक भएपछि नारायणसंग टाढा भएको र उनीसंग भएको भिडियो र फोटो सार्वजनिक नगर्नु भनेर चेतावनी दिने गरेको आफुले देखेको रुक्सानाको भनाई छ ।

नारायण र ति किशोरीसंगै बसेको पनि आफुलाई थाहा भएको उनको दावी छ । नारायणले उनलाई आफ्नो घर नै लिएर गएको पनि उनले बताइन् ।

वाजुराको गाउँमा उनलाई सबैले भाउजु भनेर बोलाउने गरेको पनि रुक्सानाको दावी छ । तर उनी पलसंग नजिक भएको थाहा पाएपछि नारायणले पनि उसको भविष्य राम्रो हुन्छ भने ठिकै छ भनेर उनले पनि वास्ता गर्न छोडेको रुक्सानाको दावी छ ।[][]

Related Articles

Back to top button