समाचार

पल शाह प्रकरणलाई दीपकराज गिरी यसो भन्छन्!

काठमाडौं । एक नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा अभिनेता पल शाहविरुद्ध प्रहरीमा उजुरी दर्ता भएपछि यतिबेला नेपाली रंगमञ्च क्षेत्रमा तरंग छाएको छ भने अन्य क्षेत्रका व्यक्तिले समेत सामाजिक सञ्जालमा आफ्ना प्रतिक्रिया लेखिरहेका छन् ।

पीडित भनिएकी किशोरीकी बुबाले बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कार सम्बन्धी जाहेरी दिए लगत्तै पक्राउ गर्न खोज्दा पल शाह ‘फरार’ भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तर यसबीच आज बिहीबार बिहानै पलले सामाजिक सञ्जालमार्फत आफूलाई फसाउन खोजिएको दाबी गर्दै त्यसका लागि रचिएका षडयन्त्र भनेर केही अडिओ सार्वजनिक गरेका छन् । जसमा उनले आफूविरुद्ध आफ्नै साथीभाइ लागेको आरोप लगाएका छन् ।

त्यसको २ घण्टापछि कलाकार दीपकराज गिरीले फेसबुकमार्फत नै घटना नखुलाई सांकेतिक रूपमा प्रतिक्रिया दिएका छन् । कलाकार गिरीको स्टाटस पल शाहप्रति सकारात्मक देखिन्छ ।

पलले आजै बिहान फेसबुकमा आफ्नै साथीभाइले आफूलाई फसाएको भनेर लेख्नु अनि कलाकार गिरीले रामायणकाे यो प्रसंग उल्लेख गर्नु पक्कै संयोग मात्र होइन ।

‘रामले युद्ध जिते किनकि पछाडि बाँदर सेना नै भीषण थिए’, दीपकराज गिरीले लेखेका छन्, ‘रावणले युद्ध हारे किनकि उनका पछाडि विभिषणहरू थिए ।’[][]

 

Related Articles

Back to top button